Global Money Week को अवसर पारेर शिक्षा शिविर
भक्तपुर,९ चैत्र । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक श्री विश्वराम त्वायनाको सभापतित्वमा र अध्यक्ष श्री राधेश्याम सुवालको आतिथ्यतामा Global Money Week 2025(March 17 to 23) को अवसरमा सहकारी शिक्षा शिविर कार्यक्रम संस्थाको तालिम हलमा सम्पन्न भयो ।
यस सहकारी शिक्षा शिविरको मुख्य उद्धेश्य एक हप्ते ग्लोवल मनी विकलाई सार्थक बनाउन विश्व भरीको बैक वित्तिय संस्थाले यो एक हप्ताको लागि आआफ्ना सदस्यहरु तथा सरोकारवालाहरुलाई वित्तीय जानकारीको पुन ताजिकिकरण गराउने, पैसाको महत्व बुझाउने, आम्दानीका श्रोत, बचतका श्रोत, ऋण सापटीको जोखिम, लगानी गर्ने तरिका आदीवारे थप सुसुचित गराउने उद्धेश्यले संचालित यो एक हप्ता लाई सफलपार्न ९ गते श्री बाराही साकोसका सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउन सहकारी शिक्षा शिविर संचालन गरेको थियो ।
संस्थाको शिक्षा उपसमितिको आयोजना सम्पन्न उक्त शिविरमा संस्थाका अध्यक्ष श्री राधेश्याम सुवालले हाल चर्चा परिचर्चामा भइरहेको सहकारी ऐन, नीति, नियम र सहकारी नियमन प्राधिकरणकोवारेमा जानकारी गराउनु भयो । देशको अवस्थाले युवा वर्ग वाहिरीने क्रम यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा नेतृत्व जनशक्तिको अभाव समेत हुने हुनाले यसलाई रोक्न स्थानिय निकायले सोच्नु पर्नेवारे आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।


यो हप्ता”Think before you follow, wise money tomorrow”लाई पुरा गर्ने र पैसाको वारेमा जानकारी लिने दिने हप्ताको रुपमा साप्ताह व्यापी प्रचारप्रसार भएको बित्तीय रुपमा साक्षर गराउने अभियान भएकोले उपस्थित सदस्य तथा पदाधिकारीहरुलाई हाम्रो देशमा आम्दानी गर्न सक्ने विस थरिका व्यवसाय, पैसा कमाउने अचुक उपाय, आवश्यक तथा अनवश्यक खर्चवारे,”(Learn, Save Earn)”बचत गर्न सक्ने तरिका, ऋण कसरी लिन र तिर्ने तथा जोखिमका क्षेत्रहरु, लगानी गर्ने विभिन्न तरिकाका साथ साथै संस्थागत वित्तीय साक्षरता समेत संस्थाका व्यवस्थापनवाट दिनु भएको थियो ।
अध्यक्षता ग्रहन गर्नु हुने विश्वराम त्वायनाले समापनको क्रममा संस्था चिन्ने तरिका, व्याजको लोभमा नफस्न र अरुको बहकायीमा नजान र KYMफारम अनिवार्य रुपमा सवै सदस्यले भर्न अनुरोध गर्दै सदस्यहरुको टिक्का टिप्पण्ीको प्रति उत्तर सहितको आफ्नो धारण व्यक्त गर्नु भएको थियो ।
शिक्षा शिविर कार्यक्रममा संस्थागत प्रस्तुती संस्थाका लेखा अधिकृत श्रीकृष्ण ख्याजुले सरल तथा प्रभावकारी माध्यमबाट संस्थाको बित्तिय सेवा सुबिधाबारे जानकारी दिदै हालको प्रविधि संग सदस्यहरुलाई जानकार रहन मोबाईल बैकिग सम्बन्धी जानकारी दिनु भयो र सुरक्षित तरिकाले कारोवार गर्न सुझाब दिनु भएको थियो । कार्यक्रम संचालक शिक्षा उपसमितिका सदस्य श्री रवेन्द्र सुवाल ,स्वागत मन्तव्य श्री रोजिस त्वाती आदिले वोल्नु भएको शिविरमा जम्मा ३२ जनाको सहभागिता रहयो ।














