देशको पहिचान भन्नु नै नेवाः संस्कृति हो, श्रम मन्त्री महर्जन
भक्तपुर, चैत्र ९ गते
हाम्रो संस्कृति हामी आफैले बचाउनुपर्छ, अरु कोही आएर बचाउने होइन भन्दै बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेवाःहरुको संस्कृतिले नेपाल देशलाई बचाइ राखैको बताउँदै नेपालको पहिचान भनेकै नेवाःहरुको संस्कृति भएको बताएका छन् । मातृ भाषाका पत्रकारहरुलाई आज भक्तपुरमा सम्मानित गर्दै मन्त्री महर्जनले नेवा समुदायको भाषा र सांस्कृतिक संरक्षणकालागि नेवाः राष्ट्रिय पत्रकार दबुले गर्दै आएकोे अभियान र पत्रकारिता प्रशंसनीय रहेको भन्दै मातृभाषाका पत्रकरहरुलाई भक्तपुरमा सम्मानित गर्नु भएको हो ।

राज्यको चौथौ अंकको रुपमा सरकारका कमजोरी औल्याइदिदै पत्रकारितामा दबुले नेवार पत्रकारहरुलाई एकीकृत गर्दै आएको बताउँदै मन्त्री महर्जनले संघियताको तीन सम्रचनाहरु सहकार्य, समन्वय र सह अस्तित्वको प्रतिकको रुपमा रहेको बताउनु भयो । उहाँले नेवार समुदाय नीति निर्माण तहमा पुग्नुपर्नेमा जोड दिदै बागमति प्रदेशका ११० जना सांसदहरु मध्ये ५६ जना आदिवासी जनजातिका प्रतिनिधीहरु रहेकोले एकमतका साथ नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा संसदबाट पास गर्न सकेको बताउनु भयो । संघियता नआएको भए यो सम्भव नहुने चर्चा गर्दै मन्त्री महर्जनले यसै अधिकारको सदुपयोग गर्दै नेपाल भाषाको पत्रकारितालाई परिस्कृत गर्न सक्नुपर्नेमा जोड दिनु भयो । डिजिटल पत्रकारितालाई आत्मसाथ गर्न नसके हामी पछाडि पर्ने उल्लेख मन्त्री महर्जनर्ले नयाँ ढंगबाट नेवाः पत्रकारितालाई अगाडि बढाउन देखिएका समस्याको पहिचान, कर छुट सहित गर्नुपर्ने आवश्यक सहयोग र बनाउनुपर्ने योजनाहरु बारे छलफलको आवश्यकतामा जोड दिनु भयो । सो अवसरमा मन्त्री महर्जनले नेवाः समुदायको आफ्नो लवजअनुसारका भाषा, संस्कृति संरक्षणमा र हकहितकालागि आफू प्रतिबद्ध रहेको जनाएका थिए ।













