बासु माविले मनाए, आज ६२ औं वार्षिकोत्सव
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले पानसमा दिप प्रज्वलन गर्दै आज बासु माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नु भएको छ । विद्यालय प्रांगण कालिघाट भक्तपुरमा आयोजित उद्घटन समारोहसँगै अध्यक्ष विजुक्छेले विद्यालयको स्मारिकामा विमोचन तथा विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत एवं शिक्षकहरुलाई सम्मानित गर्नु भएको छ ।


जगमगाउँदो बासु ज्ञान रश्मि तारा, लक्ष्यवान विद्यार्थीको भरपर्दो सहारा नाराका साथ बासु माविले आज ६२ औं वार्षिकोत्सव समारोह मनाएका हुन । वाषिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको सो कार्यक्रममा बागमति प्रदेशका सांसद सृजना र्सैजू, नेक्राशि संघका अध्यक्ष ज्ञानसागर प्रजापति, पूर्व शिक्षक लक्ष्मिभक्त लासिवा, संयुक्त परिक्षा समितिका अध्यक्ष रोशनराज तुईतुई, विद्यालयका प्रधानाध्यापक रवि प्रधानसहितले गुणस्तरीय र व्यवहारिक शिक्षाका विभिन्न सवालहरु बारे चर्चा गर्दै विद्यालयको शैक्षिक गतिविधि बारे प्रकाश परेको थियो ।














