काठमाण्डौ उपत्यकासहित देशमा मुख्य शहरमा फेरि वायु प्रदूषण बढ्यो ।।

काठमाण्डौ उपत्यकासहित देशमा मुख्य शहरमा फेरि वायु प्रदूषण बढ्यो ।।
फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ। काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई क्षेत्रमा वायु प्रदूषण बढेको हो । आज दिउँसो काठमाण्डौ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । उच्च वायु प्रदूषण भएका विश्वका ठूला शहरको सूचीमा भियतनामको हानोई शहरपछि नेपालको काठमाण्डौ रहेको विश्वभर वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरले जनाएको छ । दिउँसो काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई १९० भन्दा माथि पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।