जगातीको बस बिसौनी यथास्थानमै रहनेमा स्थानीयवासी ढुक्क

जगातीको बस बिसौनी यथास्थानमै रहनेमा स्थानीयवासी ढुक्क
भक्तपुर, पुस ११गते
अरनिको राजमर्गस्थित जगातीको बस बिसौनी यथास्थानमै कायम गर्नुपर्ने माग राख्दै स्थानीय समुदायले आज फेरी आयोजना र स्थानीय जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराएका छन् । सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका इन्जिनियर विवेक पाण्डे र भक्तपुर नगरपालिका वडा नं ८का वडाध्यक्ष केपी कोजू र जनप्रतिनिधीहरु तथा स्थानीयहरु बीच आज भएको छलफलले जगाती चोकको बस विसौनी यथास्थानमै राख्ने मौखिक सहमति गरेका हुन । यद्यपी सो सडकको डिपिआरले पुस्तौ देखि चल्दै आएको बस बिसौनीलाई आन्तररिक राजश्व कार्यालय जगाती अगाडी तर्फको मार्गमा रहने गरी नक्सा तथा सिमांकन गरिएको छ । सो सिमांकन तथा योजनालाई पहिले कै स्थानमा बस विसौनी राख्ने गरी सरोकारवालाहरुको ध्यानाकर्षण गराउन आज तीन पक्ष छलफल गरेका हुन ।

भनपा ८ र सूर्यविनायक नगरपालिका वडा नं ८ बाट चलन चल्टिकै स्थानमा बस बिसौनी कायम राख्नु पर्ने भन्दै सिफारिस समेत जारी गरिसकेकोे भन्दै स्थानीयवासी सिताराम खाईजूले जनभावना विपरित आयोजनाले बस बिसौनी अन्यन्त्र सार्न नहुने र नसार्नेमा आफूहरु विश्वसत हुने गरी सरोकारवालाहरु बीच छलफल भएको बताए ।
स्थानीय जनप्रतिनिधी केपी कोजूले सडक विस्तारकोक्रममा सम्बन्धित वडा र जनप्रतिनिधीहरुसँग छलफल गरेर मात्र योजना बनाउनुपर्नेमा यसो नगरी आयोजनाले आफू खुसी बस विसौनी सार्नु गलत भएको भन्दै स्थानीयको माग अनुसार चलन चल्तिकै स्थानमा बस विसौनी राख्नेमा वडाकार्यालय सहमत भएको बताए भने आयोजनाका इन्जिनियर विवेक पाण्डेले स्थानीय जनता र जनप्रतिनिधिहरुको मागलाई माथिलो निकायमा छलफल गरी उचित निर्णय गरिने भन्दै प्राविधिक पक्षलाई पनि ध्यान दिएर २०८२ साल सम्म सडक विस्तार कार्य सम्पन्न गर्ने तयारी रहेको जनाए ।
२०२१ साल भन्दा अगाडी देखि नै जगातीमा बस बिसौनी रहेको भन्दै स्थानीयले आफूहरुको माग पूरा नगरे विरोधमा उत्रन बाध्य हुने भन्दै अन्य सरकारको विकास निर्माण कार्यमा भने आफुहरुको पनि सहयोग हुने धारणा राखेका थिए ।