भक्तपुरमा गुँला बाजं सतवार्षिक उत्सब

भक्तपुरमा गुँला बाजं सतवार्षिक उत्सब
भक्तपुुर, असोज ६ गते
भक्तपुरमा गुँला बाजं सतबार्षिक उत्वब मनाएको छ । क्वनेया गुँला बाजं सञ्चालन तथा व्यवस्थापन समिति जेतवणं महाविहार तेखाचो ख्वपले आयोजना गरेको सो उत्वव भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दुधपाटीमा आयोजित एक समारोह बीच उद्घाटन गर्नु भयो । उद्घाटन पूर्व ङातापोल, तौमढीमा ५० वटा ढलक सहितको बाजा बजाउनुका साथै गुँला बाजं र्याली आयोजना गरेको थियो । नेपाल सम्बत अनुसार नौ महिनाको गुलाको एक महिनासम्म बजाईने गुँला बाजंको विभिन्न प्रस्तुतीसँगै गुँला बाजं सतबार्षिक उत्सव बनाएको हो । उत्सवमा काठमाण्डौ, ललितपुर, बनेपा सहित विभिन्न क्षेत्रका गुँला बाजां प्रेमीहरुको सहभागिता थियो । सो अवसरमा गुँला बाजाका अग्रजहरुलाई सम्मानित गर्ने कार्यक्रम समेत रहेको आयोजक समितिका देवचन्द्र बज्राचार्यले जनाएको छ । छरिएर रहेको गुँला बाजाहरुलाई एउटै शैलीमा ल्याउन तथा गुँला बाजाँको विविधतालाई संरक्षण गर्न सो महत्व आयोजना गरिएको आयोजकहरुको भनाई छ ।