फोटोग्राफीबाट पनि भक्तपुर महोत्सवको प्रचार प्रसार गर्ने तालिम सुरु
भक्तपुर, मंसिर १४ गते
फोटोग्राफी समाज नेपाल भक्तपुरको दुई दिने फोटोग्राफी तालिम आजबाट सुरु भएको छ । वरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले आज भक्तपुर नगरपालिका वडा नं. १०को सभाहलमा सहभागी ३५ जना नयाँ तथा पुराना फोटोग्राफरहरुलाई प्रशिक्षण दिदै फोटोग्राफीमार्फत मंसिर २८ गते देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवका आयामहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार प्रसार गर्ने सकिने विषयहरुमा जानकारी दिएका थिए । दुईदिनको फोटोग्राफी तालिमको पहिलो दिन सैद्धान्तिक विषयहरुलाई जोडदिएको भएपनि दोस्रो दिन शनिबार भक्तपुर महोत्सव हुने क्षेत्रहरुमा पुगेर स्थलगत रुपमै फोटोग्राफी सम्बन्धि प्रशिक्षण एवं अभ्यास गराउने कार्यक्रम रहेको आयोजक समितिका बालकृष्ण बनमालाले जनाएको छ । सो अवधिमा खिचिएका भक्तपुर नगरका फोटोहरुलाई विभिन्न स्थान र सभा सम्मेलनहरुमा प्रदर्शन गरी भक्तपुर महोत्सवको व्यापक प्रचार प्रसार गर्ने आयोजक समितिको तयारी छ । तालिममा आयोजक समितिका लक्ष्मीप्रसाद चवालले सहजिकरण गर्नु भयो ।















