पर्यटन प्रर्वधन र आर्थिक विकासकालागि पुसमा मध्यपुर महोत्सव हुने
पर्यटन प्रर्वधन र आर्थिक विकास गर्ने मुख्य लक्ष्यका साथ मध्यपुर थिमी नगरपालिकाले मध्यपुर महोत्सव आयोजना गर्ने भएको छ । पुस १२,१३ र १४ गते गरी ३ दिनसम्म मध्यपुर महोत्सव आयोजनाको तयारी बारे आज पत्रकार सम्मेलन गर्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमीको आर्थिक, सामाजिक, सांस्कृतिक स्तर उकास्न महोत्सवको आयोजना गर्ने तयारी भएको जनाएको छ ।
२ करोड लगानीमा ५ लाखलाई महोत्सव देखाउने उदेश्यका साथ मध्यपुर थिमीका विभिन्न ठाउँमा महोत्सव आयोजना हुने प्रमुख श्रेष्ठले जनाएको छ । महोत्सवले परम्परागत नाँच गान, खाद्यान्नका परिकार, स्थानीय उत्पादन प्रवर्घन गरी मध्यपुर थिमीलाई देश विदेशमा परिचित गराउने गरी मध्यपुर थिमीको मूख्य पुरातात्विक स्मारक क्षेत्रहरु, सांस्कृतिक नाँच गान, परम्परागत खेलहरु, पेशाहरु, स्थानीइ जीवनशैली, नेवारी परिकार, नेवाः भ्वय् तथा साँस्कृतिक प्रदर्शनी र कार्यक्रमहरु एवं व्यापारिक प्रदर्शनीहरु प्रस्तुत गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस भन्दा अगाडि वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन प्रतियोगिता आयोजनाको अनुभव बटुल्दै आगामी पुस महिनामा ३ दिन मध्यपुर महोत्सवको तयारी गरेको हो ।
प्रेस विज्ञप्ति
१. मध्यपुर थिमि संक्षेपमा
मितिः २०८१ कार्तिक २३भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न छ। थिमि र खोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ।झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ । त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ। अधुनिकीकरण तर्फ द्रूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको छ।२. मध्यपुर महोत्सव २०८१पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुँदैछ। पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता हो। पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार हो।– मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो। यसको साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव छ।– विनै परिदृष्य र अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुँदैछ। स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइनेछ ।३. महोत्वस कहिले हुँदैछ ?२०८१ पुस १२,१३ र १४ ४. महोत्सवको उद्देश्यमहोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको छ। यसका वस्तुगत उद्देश्यहरु निम्नानुसार रहेका छन् ।क) नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने।ख) स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने।ग) मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने।घ) समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने।५. महोत्सव संचालन हुने मुख्य स्थानथिमि शंखधरचोक देखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिनेछ। यसरी यो महोत्सव करिब ५.५ किमि लामो क्षेत्रमा संचालन हुनेछ ।६. महोत्सवमा के के अवलोकन गर्न सकिन्छ ?विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूको रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको छ। मूलतः महोत्सवमा निम्न विधाहरू रहनेछ।ड्ड मूख्य पुरातात्विक स्मारक क्षेत्रहरूःक्वालाखु अजिमा (बालकुमारी) कम्प्लेक्स, लोकेश्वर मन्दिर परिसर, थिमि लायकु कम्प्लेक्स, सिवाह कम्प्लेक्स, दिगु कम्प्लेक्स, इनायक्वा (सिद्धिकाली) कम्प्लेक्स, पतिविहार कम्प्लेक्स, न्याय कम्प्लेक्स, लाची (सिद्धि गणेश कम्प्लेक्स, लायकु कम्प्लेक्स) कम्प्लेक्स पालिसवान पोखरी र कालिका मन्दिर परिसर, विष्णुधाह कम्प्लेक्स, भांगु (महालक्ष्मी) कम्प्लेक्स, तिगानी ताघन्टोल कम्प्लेक्स, नीलबाराही मन्दिर परिसर आदि।ड्ड संस्कृतिहरूःमेल नृत्य, महाकाली नृत्य, अष्टमातृका नृत्य, थिमि लाखे, नगचा प्याखान, इन्द्र अप्सरा, पुलुकिसी, जात्रा प्रदर्शनी आदि।परम्परागत खेलहरूःलैलाई (घ्वानी खेल वा पान खेल), खिपह खेल, याकन्धला, गडी ब्वाकेगु, घाहचाह तुइकेगु, टुतुमाक्चा, ह्रकारा पन्याचा, कासी, गुच्चा, मचाकाठी, ख्वासिन आदि।मध्यपुर महोत्सवड्ड परम्परागत पेशाहरूः माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, परम्परागत मदिरा बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्तीकला, हस्तकला आदि।ड्ड स्थानीय जीवनशैलीःभजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजासहित नगरपरिक्रमा आदि।ड्ड नेवारी परिकारःसमय बाजी, वाह, चाताम्मारी, योमरी, कच्चा, चकुवासाह, सखासलन, तखा, आयलाह, धवन आदि।ड्ड नेवा भवेविशेष नेवा भ्वे, चौरासी भोजन भवे, सजनबुर्ज भवेड्ड साँस्कृतिक प्रदर्शनीहरूःनेवाः भ्वयका प्रकारहरू, जिब्रो छेड्ने जात्राको डम्मी, भैलः को डम्मी, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाः समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा आदि।ड्ड व्यापार प्रदर्शनीःहस्तकला, तिकिं बजि (चिउरा), माटो र माटोको भाँडाकुँडा, सेरामिक, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरुवा, गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेल आदि।ड्ड सांस्कृतिक कार्यक्रमविभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगितिक प्रस्तुती ।७. महोत्सव संचालनको संरचनात्मक ढाँचामहोत्सवलाई व्यवस्थित ढंगले सु–सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ। जसअनुसार नगरप्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा मध्यपुर महोत्सव मूल समारोह समिति, सल्लाहकार समिति, महोत्सव संचालन समिति लगायत ६ वटा क्षेत्रगत समिति र उक्त क्षेत्रगत समिति अन्तर्गत १० वटा विषयगत उपसमितिहरु गठन गरिएको छ।८. क्षेत्रगत समितिहरु१. दिव्यश्वरी साँस्कृतिक क्षेत्रगत समिति संयोजक बाबुकाजी डंगोल वडाअध्यक्ष वडा नं. १२. बालकुमारी साँस्कृतिक क्षेत्रगत समिति संयोजक बालकृष्ण पात्या श्रेष्ठ वडाअध्यक्ष वडा नं. ४३ चापाचो सांस्कृतिक क्षेत्र समितिका संयोजक ज्ञानदास प्रजापति वडा अध्यक्ष वडा नं. ६४. नगदेश साँस्कृतिक क्षेत्रगत समिति संयोजक कृष्णकुमार प्रजापति वडाअध्यक्ष वडा नं. ७५. बोडे साँस्कृतिक क्षेत्रगत समिति संयोजक रमेश थापा श्रेष्ठ वडाअध्यक्ष वडा नं. ८६. टिगनी निकोशरा साँस्कृतिक क्षेत्रगत समिति संयोजक सानुकाजी राजबहाक वडाअध्यक्ष वडा नं. ९मध्यपुर
९. क्षेत्रगत समिति अन्तर्गतका विषयगत उपसमितिहरु१. आर्थिक व्यवस्थापन उपसमिति२. संस्कृति तथा सम्पदा व्यवस्थापन उपसमिति३. स्थानीय परिकार र उत्पादन प्रवर्द्धन उपसमिति४. महोत्सव प्रदर्शनी व्यवस्थापन उपसमिति५. साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति६. प्रचारप्रसार तथा प्रकाशन उपसमिति७. सुरक्षा व्यवस्थापन उपसमिति८. सरसफाइ व्यवस्थापन उपसमिति९। स्वयंसेवक र पार्किङ व्यवस्थापन उपसमिति१०. स्वास्थ्य व्यवस्थापन उपसमिति१०. महोत्सवको बजेटमहोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिव २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ। महोत्सवलाई करिव ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अन्त्यमा यो महोत्सवलाई सफल बनाउन तपाई पत्रकारहरुको पनि अहम भूमिका रहेको छ। तसर्थ यहाँहरुको लोकप्रिय सञ्चारमाध्यमहरुमा महोत्सवको गतिविधिले प्रमुख स्थान पाउने अपेक्षा गरेको छु। यहाँको साथ सहयोगको लागि धन्यवाद दिन चाहन्छु।धन्यवाद नमस्ते ।सुरेन्द्र श्रेष्ठनगर प्रमुख तथा संयोजक, मध्यपुर महोत्सव मूल समारोह समिति














