आदर्श आजाद माविले छात्र, छात्रा दौड प्रतियोगिता आयोजना

आदर्श आजाद माविले छात्र, छात्रा दौड प्रतियोगिता आयोजना
भक्तपुर, कार्तिक २३ गते
सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यक्रम अन्तर्गत आर्दश आजाद माविले आज आयोजना गरेको छात्र, छात्रा दौड प्रतियोगितामा ज्योति माविका रोशन श्रेष्ठ र गणेश माविकी छात्रा सुस्मा खड्का प्रथम भएका छन् । छात्र १५ सय मिटरको दोडमा ज्योति माबिका रोशन श्रेष्ठ प्रथम हुँदा समाज सुधार माविका प्रवेश प्रजा दोस्रो र जोरपाटी माविका राजकुमार विक तेस्रो हुन सफल भएका थिए समितिका १७ वटा माविका १७ जना विद्यार्थीहरुको सहभागितामा आयोजित प्रतियोगिताको छात्रा तर्फ एक हजारको दौडमा गणेश मावि सिपाडोलकी सुस्मा खड्का प्रथम हुँदा बागीश्वरी माविकी दिया लाखाजु दोस्रो र तारा माविकी कृतिका श्रेष्ठ तृतीय भएकी थिइन ।


सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति अन्तर्गत रहेका १७ वटा विद्यालयको शैक्षिक उनयनकालागि वार्षिक कार्यक्रमहरु तर्जुमा गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसैक्रममा आज भएको दौड प्रतियोगिताका विजयी खेलाडीहरुलाई आजै आदर्श आजाद माविको सभाहलमा आयोजित एक समारोह बीच पुरस्कार वितरण भएको छ । संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज टुईटुईले विजयी तथा सहभागि विद्यालय र खेलाडीहरुलाई प्रमाण पत्र एवं मेडल वितरण गर्नु हुँदै विद्यालयभित्र हुने खेल गतविधिहरुलाई बाहिर ल्याएर आजर्द आजाद माविले २०७५ साल पछि पहिलो पटक दौड प्रतियोगिता आयोजना गरी १७वटा सार्वजनिक माविको एकतालाई प्रस्तुत गरेकोमा विद्यालयलाई धन्यवादज्ञापन गर्नु भयो । तेल के हेर्नु तेलको धार हेर्नु, साथी के हेर्नु साथीको सँगत हेर्नु भन्ने उखान जस्तै विद्यार्थीहरुको चौतर्फी विकासकालागि विद्यार्थीहरुलाई दुव्यशनीहरुबाट जोगाउन पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भयो ।


आयोजक विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति श्रीकृष्ण किसीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र शैक्षिक गणतव्यस्थल बनाउन शिक्षक, अभिभावक र विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै खेलकूदले विद्यार्थीहरुको शारिरीक र मानसिक मात्र नभई बौद्धिक, स्वास्थ्य, अनुशासनसँगै विद्यार्थीहरुमा रहेको प्रतिभा र सिपको विकास एवं शैक्षिक उनयन पनि हुने बताउनु भयो । खेलकूदमा लागेपछि विद्यार्थीको पढाई बिग्रिन्छ भन्ने मानसिकतालाई हटाएर खेल क्षेत्रमा लागेका विद्यार्थीहरु थप अनुशासित र जिम्मेवार एवं शैक्षिक क्षेत्रमा पनि उत्कृष्ठ हुने भएकाले विद्यार्थीहरुलाई खेलकूद गतिविधीमा पनि सक्रिया बनाउनुपर्नेमा पनि प्रधानाध्यापक किसीले जोड दिनु भयो ।
कार्यक्रमका अतिथी गणेश माविका प्रधानाध्यापक इन्द्र फोजूले संयुक्त परीक्ष समितिले नियमित गतिविधिहरु आयोजना गर्दै आउने क्रममा मसिरमा गाणेश मावि छालिङ्गले गणित र विज्ञान सम्बन्धि शैक्षिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको उल्लेख गर्दै खेलकूदले विद्यार्थीहरुलाई अनुशासनको महत्व बारे जानकारी हुने बताउनु भयो ।
ज्योति माविका प्रअ मिलन कायष्ठले प्रतियोगिता प्रतिस्पर्धा गर्नकालागि मात्र नभई आफ्नो क्षमता र सिप विकास एवं प्रदर्शनीको लागि पनि भएको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आदर्श आजाद माविका सह प्रधानाध्यापक चक्रबहादुर चाकटुले खेलकूद आत्म रक्षा र देश सुरक्षाकोलागि पनि आवश्यक भएकोले विद्यालयस्तरमा खेलकूद गतविधि बढाउनुपर्नेमा जोड दिनु भयो । उहाँले खेलकूद गतिविधिमा सक्रिय विद्यार्थीको अनुशासन र स्वास्थ्य पनि राम्रो हुने धारणा राख्नु भयो । कार्यक्रममा विद्यालयका शिक्षक राकेश सुकुपाय र विमल प्रधानले पनि बोल्नु भएको थियो ।
नेपाल प्रहरीका खेल प्रशिक्षक राध्येश्याम….को प्राविधिक सहयोगमा आयोजित दौड प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीले रिवन काटेर गर्नु भएको थियो भने प्र.अ. किसीले प्रतियोगिताको ह्विसिल बजाएर सुभराम्भ गर्नु भएको थियो । प्रतियोगिता आदर्श आजाद माविको विद्यालय प्राँगण भिमसेनस्थानबाट हनुमानघाट, गोल्मढी, योसिंखेल हुँदै पुनः विद्यालय प्रांगणमा सम्पन्न गरेको थियो ।