पत्रकार रजकको हत्या विरुद्ध भक्तपुरमा दबुको विरोध सभा

पत्रकार रजकको हत्या विरुद्ध भक्तपुरमा दबुको विरोध सभा
भक्तपुर, चैत्र १९ गते
नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्र श्रेष्ठले पत्रकार सुरेश रजकको हत्याको निश्पक्ष छानविन र उचित क्षतिपूर्ति दिने प्रतिबधता नजनाएकोले घटना भएको ५ दिनसम्म पनि पोसमार्टम समेत हुन नसकेको बताएका छन् । पत्रकार सुरेश रजकको हत्याको विरोधमा दबुले आज भक्तपुरको दत्तात्रयमा आयोजित धर्ना कार्यक्रममा पत्रकारसँग बोल्दै अध्यक्ष श्रेष्ठले रजकको हत्याको छानविन र क्षतिपूर्तिका मागहरु पूरा गरी रजकलाई न्याय दिनुपर्नेमा जोड दिएका हुन । चैत्र १५ गते तीनकुने घटनाको वास्तविक छानविन गर्दै रजकलाई सहीद घोषणा र उचित क्षेतिपूर्तिको माग पूरा गराउन दबाफ दिन देशव्यापी आन्दोलन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

सो कार्यक्रममा दबुका केन्द्रीय महासचिव केके मानन्धरले क्रियाशिल पत्रकार रजकलाई सत्य तथ्य समाचार प्रसार गरेकै आधारमा हत्या गरेको देखिएको भन्दै देशभर यसको विरोध भइरहेको बताए । रजक जात्रापर्व देखि हरेक क्षेत्रको भिडियो सम्प्रेषण गर्न निरन्तर खति रहेका हुनाहार युवाको हत्या हुँदा पनि सरकारले ब्यवास्था गर्नु दुःखद भएको भन्दै यस्तो घटना फेरी पनि हुन सक्ने भएकाले सचेत रहन पत्रकारहरुलाई आग्रह गर्नु भयो । द्वन्द पत्रकारिता बारे पनि पत्रकारहरुलाई थप तालिम दिएर क्षमतावृद्धिको आवश्यकतालाई महासचिव मानन्धरले जोड दिनु भयो ।
कार्यक्रममा दबुका सुरेन्द्र श्रेष्ठ, राम तमखु, भक्तपुर पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, हरिसुन्दर छुकां, युवा बौद्ध पुच, भक्तपुरका अध्यक्ष रत्नसुन्दर शाक्य सहितले रजकको हत्याको विरुद्ध न्यायकालागि प्रतिबधता जनाएका थिए । सहभागि पत्रकारहरुले रजकलाई सहीद घोषणा गर, निश्पक्ष छानविन गर, उचित क्षतिपूर्ति देऊ, हत्यारालाई कार्बाही गर, सहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।