नवदुर्गा गणले यस पटक चढाएन, राष्ट्रप्रमुखसँग विन्ति पत्र
भक्तपुर, असोज ३० गते
भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले यस पटक राष्ट्रप्रमुख समक्ष बिन्ति पत्र नदिएको जनाएको छ । सधै राष्ट्रप्रमुख समक्ष नवदुर्गा जात्रा व्यवस्थापन समबन्धि समस्या र गुनासो गर्दै आएका नवदुर्गा गणले यस पटक केही पनि माग र गुनासो नगरि वडादशैको प्रसाद मात्रै राष्ट्रपति रामचन्द्र पौड्याललाई प्रदान गरेको जनाएको छ । हरेक वर्ष कोजाग्रात पूर्णिमाको दिन राष्ट्रप्रमुखबाट नवदुर्गाको दर्शन र टिका जमरा लगाउने प्रचलन भए अनुसार राष्ट्रपति पोड्यााडले आज नवदुर्गा गण भक्तपुरको दर्शन गरेका हुन ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले हरेक वर्ष ८ महिना नवदुर्गा गणको मुकुण्डो सहितको जात्रा र ४ महिना मुकुण्डो बिहिन जात्रा गर्दै आए स्मण गर्दै आजको दिन राष्ट्रप्रमुख समक्ष नवदुर्गा गणको समस्या र गुनासोको सुनुवाईकालागि बिन्ति पत्र दिने गरेको उल्लेख गर्दै उहाँले यस पटक त्यस्तो केही गनासो वा बिन्ति पत्र नदिएको बताए ।
राजतन्त्रको बेला देखि नवदुर्गा गणको जात्रा व्यवस्थापनकालागि बर्षैपिच्छे बिन्ति पत्र दिदै आएको मन्दिर व्यवस्थापन समितिले आफ्ना मागहरुप्रति राष्ट्रपति कार्यालयले स्रोत नभएको भन्दै सुनुवाई नभएको प्रष्ट भएकाले यस पटक केही पनि माग नगरिएको अध्यक्ष बनमालाले जनाएको छ ।




मल्लकालिन सभ्यताको प्रतिकको रुपमा रहेको नवदुर्गा गणको सामाजिक, पारिवारिक एवं सांस्कृतिक अभियानलाई कमजोर हुन नदिन राज्यको तर्फबाट सहयोगको याचना गरेको पुस्तौ बित्दा पनि त्यसको सुनुवाई नभएको भन्दै अध्यक्ष बनमालाले राष्ट्रपति पौड्यलको नाममा पोहरसाल चढाएको सगुनको २ लाख ५६ हजार समेत पूर्व बजेट बिनियोजन नगरी गरेको भन्दै भूक्तानी नपाएको उहाँको गुनासो गरेका छन् । यद्यपी आज नवदुर्गाको दर्शनका लागि आएका राष्ट्रपति पौड्यल समक्ष कुनै पनि गुनासो नगरेको उहाँले जनसञ्चार खवरलाई बताए । अब जे भन्छौ त्यो भक्तपुरका प्रमुख जिल्ला अधिकारी समक्ष भन्छौं भन्दै अध्यक्ष बनमालाले वार्षिक २२।२४ लाख घाटा सहेर पनि नवदुर्गा गणको जात्रा व्यवस्थापन गर्दै आएको बताए । देवगणहरुको पारिश्रमिकको हिसाव नगरी जात्रा पर्व सञ्चालन र व्यवस्थापनकालागि मात्रै वार्षिक ५४ लाख खर्च हुने गरेकोमा २२।२४ लाख घाटान व्यवहोर्न बाध्य भएको उहाँले बताए । देवगण हुनेले वर्षमा १।२ लाख आफै खर्चेर जात्रा चलाउनुपरेको उल्लेख गर्दै ताथलीका देवगणले नवदुर्गा गणको जात्रा चलाउन लिएको ऋण तिर्न नसकेर बितेर गएको उदाहरण प्रस्तुत गरेका छन् । सर्वसाधारणबाट प्राप्त सहयोगले नवदुर्गाृ गणको जात्रा चलाउन नपुग्ने भन्दै उहाँले नवदुर्गा गणको जात्रा व्यवस्थापनकालागि पुर्खाले राखेको ४ सय रोप्नी भन्दा बढी जग्गाजमिनको खोज तलासको आवश्यकता रहेको जनाएको छ । पूराना कागजातहरु मन्दिर जिर्ण हुँदा पानीले भिजेर नष्ट भएकाले पनि जग्गाजमिन खोज्न समस्या रहेको उल्लेख गर्दै अध्यक्ष बनमालाले जिल्ला प्रशासन, गुठी संस्थान र संस्कृति मन्त्रालयहरुको पहलमा नवदुर्गा गणको पुर्खाैली सम्पतिको खोजबिन गर्ने सके जात्रा व्यवस्थापन गर्न सकिने योजना उनले सुनाएका छन् ।
हजारौं लाखौ भक्तजनको आस्थाको प्रतिकको रुपमा रहेको नवदुर्गा गणले उच्च शिक्षा हासिल गरेका डाक्टर इन्जिनियर समेत भएकाहरुलाई समेत नवदुर्गा गणको देवगणको रुपमा प्रस्तुत गर्ने योजना समेत रहेको अध्यक्ष बनमालाले जनाएको छ ।














