एड्भान्स एक्सेल तालिम शुरु
जेष्ठ ५, गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा अनलाइन एक हप्ते एड्भान्स एक्सेल तालिम शुरु भयो । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कोभिड १९ को महामारीको रोकथाममा सहकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । सहकारीले स्थानीय सरकारहरुलाई सहयोग जुटाउने र घरमा बस्दा समयको सदुपयोग हुने तालिम दिएको कुरा राख्नुभयो । वहाँले यस विषम परिस्थीतीमा सदस्यहरुको स्वास्थ्य सचेता र हेरचाहको लागि सहकारी संस्थाले निरन्तर साथ सहयोगमा भुमिका खेल्नुपर्ने विचार राख्दै संघले तालिम शिक्षालाई प्राविधिमार्फत निरन्तरता दिइहेको कुरा राख्नुभयो । प्रविधिको प्रयोग गर्दै प्राविधिक तालिमले व्यक्तिको क्षमता अभिबृद्धिसंगै सहकारीको कार्यक्षमतामा वृद्धि हुने विचार व्यक्त गर्नु भयो ।
संघका सचिव एवं उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिमको संयोजन गर्दै संघको बार्षिक कार्यक्रम अन्तर्गत रहेको एड्भान्स एक्सेल तालिम संस्थाहरुमा कार्यरत कर्मचारीहरुको कार्य दक्षता अभिवृद्धि गर्न संचालन गर्दै आएको कुरा बताउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै सहभागीहरुलाई स्वागत गर्नुभयो । तालिम पुर्णतया अभ्यासमा आधारीत भएकोले व्यक्तिगत ज्ञान, सिप र कार्यक्षमतामा बृद्धि भई संस्थाको कार्य कुशलतामा सहयोग पुग्ने विचार राख्नुभयो । सहजकर्ता विश्वराम मचामसीले सहजिकरण गरेको सो तालिममा १९ जनाको सहभागिता रह्यो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














