वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पण

वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पण
भक्तपुर, असोज १६ गते
वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलले नेपाली नाटक र रङ्गमञ्च क्षेत्रका अग्रज नायक हरिवहादुर थापाद्वारा लिखित आत्मकथा रङ्गमञ्चमा म पुस्तकको आज सार्वजनिकीकरण गर्नु भएको छ । काठमाण्डौमा आयोजित एक समारोह बीच साहित्यकार ग्वंगलले ठैलिबाट पुस्तक झिकेर सो पुस्तकको सार्वजनिकीकरण गरेका हुन । साहित्यका ग्वंगलले आफू जस्तै वरिष्ठ साहित्यकार, कलाकारहरु, नाटककार, समालोचकहरु बीच थापाको आत्मकथा सार्वजनिकीकरण गर्न पाउँदा आफुलाई उत्साहित पारेको चर्चा गर्दै आफूलाई बुढेसकालबाट फेरी तरुन बनाएको बताउनु भयो । नब्बे दर्शक पार गरिसक्नु भएका साहित्यकार ग्वंगलले नाटककार थापाले पुस्तक तयार पार्न धेरै पटक घरमा आएर परामर्श लिएको स्मरण गर्र्दै सो पुस्तक आफ्नै हातबाट सार्वजनिकीकरण गर्ने अवसर पाउनु विशेष भएको बताउनु भयो ।


शब्द यात्रा प्रकाशनद्वारा प्रकाशित तथा आयोजित सो कार्यक्रममा प्रकाशनका संस्थापक हरि मञ्जुश्री, वरिष्ठ कलाकार एवं अभिनेता निर शाह, वरिष्ठ समारोचक अभि सुवेदी, समालोचक दयाराम श्रेष्ठ, डा.सावित्री कक्षपति सहितका अतिथिहरुले नायक हरिबहादुर थापाले आफ्नो जीवनमा नाटक विधामा खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरेका थिए । साथै मानिसले आफ्नो जीवनका लक्ष्य प्राप्त गर्न थापाको आत्मकथाले प्रेरणा दिने बताएका थिए ।
एक सय सन्तानब्बे पृष्ठको थापाको रङ्गमञ्चमा म आत्मकथामा आफ्नो जीवनको समीक्षा गर्दै बासँग गोठालो जाँदा, जहाँज हेर्न पशुपति दर्शन, एसएलसी लगतै कलाकार नियुक्त देखि कलाकार भएर खेलेको विभिन्न भूमिकाहरुको संस्मरण पुस्तकमा समेतिएको छ । थापाको जीवनका महत्वपूर्ण फोटो सहितको सो संस्मरणमा वरिष्ठ नाटककार अशेष मल्ल, प्राडा मोहन हिमान्सु थापा सहितका वरिष्ठ साहित्यकार एवं कलाकार र समालोचकहरुले थापाले नाटक विधामा खेलेको भूमिकाहरुको खुलेर प्रशंसा गरेका छन् । रु .५५० मूल्य टोकिएको सो पुस्तकबाट उठेको रकम सामाजिक हितकालागि थापाका धर्मपन्नि मिठू थापाको हातबाटदान गरेको थियो ।


कार्यक्रममा थापाले खेलेको अमरसिंह नाटक, कोरोना र आर्थिक मन्दिले थलिएको देशको वस्तुस्थिति एवं देशभक्तिपूर्ण नाटकहरुका अंशहरु प्रस्तुत गरेका थिए ।