आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन।

आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन।

२०८१ असोज १६ गते,बुधबार ।

काठमाण्डौ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहकार्यमा आदर्श आजाद माध्यमिक विद्यालयमा आजबाट चिनिया भाषा कक्षा शुरु भएकोे छ । चिनिया भाषा कक्षा शुरु हुनुपूर्व भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौ विश्वविद्यालय कन्फ्युसियस इन्स्टियुटका प्रोफेसर छिङ कुवाङ मिङ्गले नेपाल चीन शान्तिप्रिय छिमेकी देशहरु भएको र चिनिया भाषा कक्षामार्फत चीनको संस्कृति,समाज, रहनसहन,सांस्कृतिक परम्पराको आदानप्रदान गर्ने उद्देश्य रहेको बताए । उनले विश्वव्यापी रुपमा फैलिरहेको चीनको विकासमा नेपालका युवापुस्ता पनि साझेदार हुनु्पर्ने कुरा राख्दै चिनिया भाषा नेपाली विद्यार्थीहरुमाझ लोकप्रिय हुँदै गएको बताए ।

सोही कार्यक्रममा आदर्श आजाद मा.वि.वि.व्य.स.का सदस्य एवं त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटका चिनिया भाष विज्ञ राजेन्द्र चवालले हरेक कुरामा सफल हुन निरन्तर प्रयास जारी राखेजस्तो चिनिया भाषा सिक्न पनि निरन्तर सिक्नुपर्ने धारणा राख्दै चिनिया भाषाका विविध क्षेत्रहरुको विषयमा चर्चा गरे ।

आदर्श आजाद मा.वि.।कलेजका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो अभिमुखीकरण कार्यक्रममा सहायक प्राचार्य चक्रबहादुर चाकतु, काठमाण्डौ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका शिक्षक लिशा दनेखू र शिक्षक राकेश सुकुपायोले समेत आ—आफ्नो विचार राखे ।