कम्युनिस्ट कार्यकर्ताहरू सङ्कटको घडीमा पनि विचलित हुनुहुन्न
पुस १०, भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ चा“गुनारायण नगर समितिको आयोजनामा बिहीबार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) स“ग नगरकोटमा अन्तरसंवाद एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रोहितले भन्नुभयो, “प्रजग कोरियामा निजी सम्पत्ति कसैको छैन । सबै जनतालाई राज्यले हेरबिचार गर्छ । जनता राज्यप्रति उत्तरदायी छन् । जनताको भरमा प्रजग कोरिया आÇनै खुट्टामा उभिएको छ । सबै जनता सैनिक रूपले तयार छन् । साम्राज्यवादीहरूको धम्कीसामु फिटिक्कै झुक्दैनन् । देशलाई बलियो बनाउन प्रतिवद्ध छन् । नेपाली जनताले पनि प्रजग कोरियाबाट प्रेरणा लिनुपर्छ ।”
“शासक दलहरूले अमेरिकी नीति कानुन पालना गर्नुपर्ने एमसिसी सम्झौता पारित गरे । त्यसको परिणाम अहिले देखि“दैछ । नेपाली जनताले पनि विदेशीको सामु घु“डा टेक्ने राजनीतिक दलहरूलाई मत दिनु हुन्न । त्यस्ता दलहरूलाई दिएको मतले देश जान सक्छ† पछि पछुताएर हुन्न” उहा“ले थप्नुभयो ।
अध्यक्ष रोहितले नेपाल मजदुर किसान पार्टी पैसा र पदको मोलमोलाईमा कहिल्यै नलागेको उल्लेख गर्नुहु“दै देश र जनताको हितभन्दा बाहेक पार्टीको अरु कुनै स्वार्थ नरहेको स्पष्ट पार्नुभयो ।
उहा“ले उल्लेख गर्नुभयो, “कम्युनिस्ट कार्यकर्ताहरू देश र जनताको पक्षमा प्रतिवद्ध भएर समाज परिवर्तनको निम्ति लाग्नुपर्छ । विलासी जीवनमा नभुली क्रान्तिको निम्ति दुःख कष्ट सहन पनि तयार हुनुपर्छ । मनमा लोभ पाल्नु हुन्न । जस्तोसुकै सङ्कटको घडीमा पनि विचलित हुनुहुन्न । अनुशासनमा बस्नुपर्छ । खराब लतमा लाग्नु हुन्न ।”
बम बारुद भन्दा विचार ठूलो भएको मत राख्नुहु“दै उहा“ले हातहतियार थुप्रो भएको कुनै देशले धम्काउ“दैमा सार्वभौम सम्पन्न देशका जनता डराउनु जरुरी नभएको विचार राख्नुभयो । उहा“ले सांस्कृतिक स्तर उच्च रहेका देशभक्त जनता कुनै साम्राज्यवादीसामु नझुक्ने स्पष्ट पार्नुभयो ।
प्रमुख अतिथि रोहितले भन्नुभयो, “संसदीय व्यवस्थामा बहुमत हुनेले सरकार बनाउने हो, बहुमत नहुने राजनीतिक दल प्रतिपक्षमा बस्ने हो । शासक दलहरूले यो सिद्धान्तको पालना गरेनन् । नेपाल मजदुर किसान पार्टीले संसद्मा प्रखर प्रतिपक्षीको भूमिकामा रहेर आÇना कर्तव्य पुरा गरेको छ ।”
“नेपाली काङ्ग्रेस पु“जीवादी पार्टी हो, उसले पु“जीपतिहरूको पक्षमा काम गर्नु स्वभाविक हो । तर, कम्युनिस्ट नामधारी एमाले पनि भाइकाङ्ग्रेस बन्यो । कम्युनिस्ट कार्यकर्ताहरूले यस्ता संशोधनवादी पार्टीहरूको आलोचना गरेर जनतालाई सत्य बताउनु पर्छ” अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पु“जीवादी पार्टी र सरकारहरूले युवाहरूलााई धुम्रपान, मदिरा र लागुपदार्थलगायत दुव्र्यसनमा फसाएको उल्लेख गर्दै युवा बिगार्ने सरकारहरूले देश पनि बिगार्ने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले युवाहरूलाई देश र जनताको निःस्वार्थ सेवा गर्न उत्साहित गरिरहेको छ । यसको लागि युवाहरूले संसारका योद्धाहरूको जीवनी र आन्दोलनबारे अध्ययन गर्नु जरुरी छ ।”
“रुसका बोल्सेभिक कम्युनिस्टहरू पु“जीवादी सरकारमा गएनन् । नेपालमा कम्युनिस्ट दाबी गरेका माले (अहिले एमाले), माओवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी) लगायत दलहरू पु“जीवादी सरकारमा गएर देश र जनताको विरोधमा काम गरे” उहा“ले बताउनुभयो ।
सचिव सुवालले पै“तीस वर्षयता सरकारमा गएका पार्टीहरूले देश र जनताको समस्या समाधान नगरेको हु“दा सर्वसाधारण जनतामा असन्तुष्टी चुलिएको बेला अमेरिकी र भारतीय सरकारले भदौ २३ र २४ गते विध्वंस मच्चाउन मलजल गरेको खुलिरहेको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको प्रकाशन अध्ययन र अन्तरकृया गर्ने युवाहरूले देश र बा“की संसारलाई बुझ्ने छन । साथसाथै पु“जीवादी पार्टी र तिनका कार्यकर्ताहरूस“ग वैचारिक सङ्घर्षमा विजय प्राप्त गर्ने छन् ।”
उहा“ले आमूल परिवर्तनको निम्ति पुस्तौ“ लाग्न सक्ने उल्लेख गर्दै युवाहरूको राजनीतिक चेतना माथि उठेमा आमुल परिवर्तन छिटो आउने सक्ने पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गलत सूचना प्रवाह गर्ने सामाजिक सञ्जालहरूले समाजमा भ्रम छरेको उल्लेख गर्नुहु“दै मानिसलाई एकसुरको बनाइदिने र कलिला बालबालिकाको मगजमा गलत विचार भर्दिने सामाजिक सञ्जालहरूको खण्डन गर्नु जरुरी रहेको बताउनुभयो ।
उहा“ले साम्राज्यवादीहरूले चीनलाई बर्षौ“सम्म अफिमको लतमा फसाएको र एनजीओ आइएनजीओमार्फत सोभियत रुसलाई टुक्र्याएको इतिहासबाट नया“ पुस्ताले सिक्नु जरुरी रहेको औ“ल्याउनुहु“दै फासीवादीहरूले जात, भाषा, क्षेत्रको नाममा राजनीति गरेर समाजलाई छिन्नभिन्न पार्नसक्नेतर्फ पनि नया“ पुस्ता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा संघ चा“गुनारायण नगर समितिका अध्यक्ष एलएन लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेत्र mायुसंघका उत्तम साखकर्मी र हरिसुन्दर छुकांले पनि बोल्नुभयो ।














