सल्लाघारीमा११ दिने भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ तयारी सुरु

सल्लाघारीमा११ दिने भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ तयारी सुरु
भक्तपुर, भाद्र २४ गते
भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने
“भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, स“स्कृति, पर्यटन, व्यापार प्रवद्र्धनको निम्ति” भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको हो । अउं“दो असोज ९ गते देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी स्थित खुल्ला मैदानमा आयोजना हुने सो मेलामा राष्ट्रिय आविष्कार केन्द्रको कृषि स्थल सहित १सय ५० स्थलहरु रहने भन्दै सो महोत्सब बारे आज भक्तपुरमा पत्रकार सम्मेलन गरेको थियो ।


आयोजक भक्तपुर चम्वर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठका अनुसार आम सर्वसाधरण जनतालाई दशैको मुखमा सहुलियत दरमा दैनिक उपभोगिय सामान, लताकपडासहित किन मेल गर्न सकिने गरी महोत्सव आयोजनाको तयारी भएको जनाएको छ । दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नया“ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाएको छ । महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी १५० भन्दा बढि स्टलहरु रहने जनाएको हो । साथै सो महोत्सवको आकर्षणका रुपमा राष्ट्रिय आविष्कार केन्द्रबाट आविष्कार भएका सामगी्रहरुको स्टल समेत महोत्सवमा राखिने छ । महोत्सवकै अवसरमा जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्सले निर्माण गरेको वेभ पोर्टलको उद्घाटन गर्ने योजना पनि रहेको बताएको छ ।

महोत्सवका संयोजक माधव प्रजापतिले विगतका अनुभवहरुलाई बुटुल्दै भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सर्वसाधारण जनताकालागि उपयोगी हुने गरी आयोजनाको तयारी हुने जनाएको छ । भक्तपुर चेम्वरका निर्वतमान अध्यक्ष न्हुछे मानन्धरसहितका अतिथिहरुको सहभागितामा आयोजित सो पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत प्रेश विज्ञप्ति यस प्रकार छ ।

“भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, स“स्कृति, पर्यटन, व्यापार प्रवद्र्धनको निम्ति”
भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१

प्रेश विज्ञप्ति

आदरणीय पत्रकार महोदय,
नेपालीहरुको महान पर्व शुभ विजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नपा १ सल्लाघारी स्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गते तदानुसार सन् २०२४ को सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म (११ दिवसीय) भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आयोजना गर्ने तयारी गरेका छौं । भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहा“सिक तथा पर्यटकिय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउदै यहा“का स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको रहेको छ ।

भक्तपुर जिल्ला ऐतिहासिक, सा“स्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र हो । शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित वस्ति विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको छ भने यस जिल्ला राजधानी उपत्यकाको एक प्रमुख व्यवसायिक केन्द्रको रुपमा विकसित भएको छ । यस अर्थमा यस क्षेत्रका उत्पादनहरुको बजारीकरण र यहा“को व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको छ । महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवद्र्धन गर्ने योजना रहेको छ । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नया“ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पु¥याउने छ ।

दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नया“ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने छ । महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी १५० भन्दा बढि स्टलहरु रहनेछन् । साथै राष्ट्रिय आविष्कार केन्द्रबाट आविष्कार भएका सामगी्रहरुको स्टल समेत महोत्सवमा राखिने छ । महोत्सवकै अवसरमा जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्सले निर्माण गरेको वेभ पोर्टलको उद्घाटन गर्ने योजना पनि रहेको छ ।

महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

महोत्सवमा राखिने वस्तुहरुको प्रकृतिका आधारमा स्टलको साइज र शुल्क फरक हुनेछ । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुनेछ । ११ दिनको उक्त महोत्सवमा एकलाख रुपैयादेखि १८,५००। सम्म स्टल भाडा हुनेछ । महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्नेछ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

तसर्थ महोत्सवलाई भव्य र सभ्य बनाउन तपाई पत्रकार महोदयहरुको महत्वपूर्ण भूमिका रहने हाम्रो थम्याई रहेको छ । महोत्सवको समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण गर्नुभई आम नागरिकलाई महोत्सवका बारेमा जानकारी गराउने कार्यमा तपाईहरुको साथ सहयोगका लागि हामी हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

                                                                 कविदास श्रेष्ठ

मिति ः २०८१÷५÷२४ अध्यक्ष
भक्तपुर चेम्बर अफ कमर्स