झिगु ख्वप साकोसको वार्षिक समीक्षा सम्पन्न,१७ औं वार्षिक साधारण सभाको तयारी सुरु
भक्तपुर, भाद्र २४ गते
झिगु ख्वप वचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी भक्तपुरले २०८०।८१ सालको वार्षिक समीक्षा तथा १७ औं वार्षि साधारण सभासमबन्धी आईतबार छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलले आगामी असोज १९ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष नारायणप्रसाद कवांले जनाएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीकृष्ण किसीले झिगु ख्वप साकोस स्थापनाको उदेश्यमाथि प्रकाश पार्दै अहिलेको समयमा सहकारी संस्थाको अवस्थालाई मध्य नजर गर्दै समुदायमा आधारित सहकारीको रुपमा विकास र सेवा प्रवाह गर्न संचालकहरु मात्र नभई सदस्य समुदायले पनि साथ दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशेष अतिथि एवं भनपा ७का वडाध्यक्ष उकेश कवांले देशको राजनैतिक अवस्था राम्रो नभएसम्म आर्थिक अवस्था पनि राम्रो नहुने धारणा राख्दै अहिले शेयर वजारमा आएको चहल पहलले देशको समग्र आर्थिक स्थिति उकासिएको भन्न नसकिने कुरा बताउनु भयो । नेमकिपाका केन्दीय सदस्य समेत रहनु भएका जनप्रतिनिधी कवांले अहिले सहकारीहरुमा मात्र नभई बैंकहरुमा समेत समस्या रहेको बताउनु भयो । देशको परिस्थितिलाई बुझेर बैंकस“ग कारोवार गर्दा पनि सुरक्षित व्यवहार अपनाउन आवश्यक भएकोमा उहा“ले ध्यानाकर्षण गराउनु भयो ।


संस्थाका सल्लाहकार विश्वराम कवांले झिगु ख्वप साकोसको कोषाध्यक्ष भएर यसको आर्थिक गतिविधिहरु र आयव्ययलाई पारदर्शीरुपमा प्रस्तुत गर्नु भएकोमा कोषाध्यक्ष विष्णुप्रसाद किसीलाई सो अवसरमा धन्यवाद दिनु भयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद कवांको सभापतित्वमा भएको सो छलफलमा सल्लाहकार नाती कवां, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, उपाध्यक्ष पुण्यराम कवां, सचिव आशाकुमार चिकंबन्जार सहितले संस्थाको वार्षिक समीक्षा गर्दै असोज १९ गते हुने वार्षिक साधरण सभाको तयारी बारे बोल्नु भएको थियो ।














