आइजिपी थापा पूर्व विद्यालयबाट सम्मानित
भक्तपुर, भाद्र ३ गते
बागीश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एस.एल.सी परीक्षा दिएर नेपाल प्रहरीको सर्वोच्च पद आईजिपी हुन सफल दिपक थापा आफ्नै गृह जिल्ला भक्तपुरमा सम्मानित भएका छन् । नेवारी परम्परा अनुसार दही सगुन दिदै विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको तर्फबाट उहाँलाई आज सम्मानित गरेका हुन ।
परालको छानोको तहराबाट सुरु भई हाल एमएसम्म पठनपाठन गर्न सक्षम सामुदायिक विद्यालय बागीवरी माविको गर्भिलो व्यत्तित्वको रुपमा दिपक थापालाई आज सम्मानित गर्दै पूर्व प्रधानाध्यापक मोहन प्रजापतिले दिपक थापा मात्र नभई उहाँका दाजुभाई दिदी बहिनीहरुले समेत बागीश्वरी पढेको स्मरण गर्नु हुँदै उहाँले आफ्नो विद्यार्थी देशको महत्वपूर्ण पद्मा पुग्न सफल भएकोमा खुसि व्यक्त गर्दै उहाँको कार्यकालले पूर्ण सफलताको कामना गर्नु भयो ।
पूर्व विद्यार्थी समाजका निमित संयोजक रुपेश प्रजापतिको सभापतित्वमा आयोजित सो कार्यक्रममा पूर्व शिक्षक ज्ञानसागर प्रजापति र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्व, विकल प्रजापतिले पनि आईजीपी दिपक थापाको व्यक्तित्व बारे जानकारी दिर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गर्दै शुभकामना तथा बढाईज्ञापन गरेका थिए ।
सो अवसरमा आईजीपी दिपक थापाले आफूले कक्षा ५ बाट एक्कै पटक ८ पढ्दाको क्षेणहरुको स्मरण गर्दै विद्यालयका तत्कालिन प्रधानाध्यापक मोहन सर, ज्ञानसागर सर र केपी धन्छा सरको पठनशिपको प्रतिफलले आफू यसरी नेपाल प्रहरीको उच्च पद्मा पुग्न सकेको भन्दै यस सफलताको श्रय् बागीश्वरी विद्यालय भएको बताउनु भयो । बागीश्वरी माविका शिक्षकहरुको जुझारुपन र अनुशासन देखेर अहिलेपनि मोहन सरसँग आफूलाई डर जमिरहेको बताउँदै उहाँले प्रहरी देखि बाल्यकाल देखि डराउने बानी रहँदा रहँदै प्रहरी सेवामा लागेर देशभरको मात्र नभई संसारभर छरिएर रहेका नेपाली जनताको शान्ति सुरक्षाका समस्या चुनौतीसँगै कार्यसम्पदानमै आफ्नो दिनचर्या बिति रहेको बताएका छन् । उच्च पद्मा रहँदा आफ्नो जिम्मेबारी पूरा गर्न बागीश्वी विद्यालय आउने चाहना हुँदा हुँदै पनि आउन नसकेको चर्चा गर्दै आफूले सधै विद्यालय, शिक्षक र सम्मकालिन साथीहरुलाई सम्भि रहेको बताएका थिए । आईजिपी थापाले केही समय बागीश्वरी माविमा शिक्षक पनि हुनु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













