कमलबिनायक आवास क्षेत्रमा बजार अनुगमन
भक्तपुर, १८ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक आवास क्षेत्रमा ११ वटा पसल अनुगमन गर्दा दर्ता नभएको पसलहरु धेरै भएकोले अन द स्पोटमा नै दर्ता गराएको बताउनु भयो ।
अनुगमनमा शुभलक्ष्मी तरकारी पसल, आयुष नेवारी खाजा घर, अञ्जना मोटर साईकल वर्क सप, प्रतिभा हेयर सैलुन, सुजिता वासि· सेन्टर, श्री गणेश किराना स्टोर दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमनमा काभ्रे गणेश डेरीले दर्ता भएको भनेता पनि प्रमाण पत्र देखाउन नसकेकोले दर्ता भएको भए प्रमाण सहित तीन दिन भित्र कार्यालयमा उपस्थित हुन र ढक तराजु नविकरण गर्न निेर्देशन दियो भने निजले साइन बोर्ड नराखेको, मुल्य सूचि नभएको, प्यानमा दर्ता नभएकोले सुधार गर्न निर्देशन दियो । त्यस्तै सृजना तामा·मा पसल दर्ता गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई पसल दर्ता गर्न आलटाल गरेकोले तराजु एक जफत गरेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । त्यस्तै प्रजापति स्टोर दर्ता नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, फ्रि दिएको मिरिण्डा म्याद नाघेकोले नष्ट गरियो । त्यस्तै सिद्धि गणेश किराना पसल दर्ता नभएकोले दर्ता गराएर म्याद नाघेको जम्बो मिरिण्डा ३ वटा, आ“टा ५ केजिको एक पाकेट र २ केजिको दुई पाकेट जफत गरी नष्ट गरियो ।
अनुगमनमा भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भगाउ प्रसाद हरिजन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवा“, स्वास्थ्य कार्यालय भक्तपुरका देवीका किजू, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।














