ख्वप लाखे नाँच आज लोकापर्ण हुँदै

ख्वप लाखे नाँच आज लोकापर्ण हुँदै
भक्तपुर, श्रावण २० गते
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक लाखे नाँचको आज लोकापर्ण हुने भएको छ । सदियौ देखि बन्द रहेको लाखे नाँचलाई यस वर्ष देखि पुनःजीवन दिदै भक्तपुर रञ्जितकार समाजले लाखे नाँचको प्रशिक्षण दिएकोमा सो नाँचको आज लोकापर्ण गरेको हो । नाँचको लोकापर्णसँगै यस नाँचले जीवनता पाउने भएको हो । गत असार २७ गते देखि विधिपूर्व नाँच प्रशिक्षण दिएको थियो भने आज सो नाँचको लोकापर्ण भइरहेको छ । भक्तपुरको बागेश्वरीमा रहेको लाखेडोलको लाखे आजुको मन्दिरमा पूजा आजा गर्दै ख्वप लाखे जात्राकालागि सो नाँच बिउँताएको हो । येँया पुन्हीको दिन ख्वप लाखे नाँच देखाउने तयारी भएपनि आज लोकापर्ण गर्दै नाँच प्रशिक्षण समेत पूरा गरी नगर परिक्रममा गराउने आयोजक समितिको तयारी छ । सो नाँच प्रशिक्षणकालागि विभिन्न क्षेत्रबाट आर्थिक, भौतिक सहयोग संकलन गरेको थियो ।