लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव धर्मकृष्ण सिकर्मी, कोषाध्यक्ष रश्मिला शाक्य, सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन), राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई रहनु भएको छ । संस्थाका कानूनी सल्लाहकार तथा निर्वाचन कमिटी संयोजक किरण शाक्यले नवगठित कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको छ ।
यस अघि अध्यक्ष सुशिला शाक्यको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन समारोमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सगरमाथा सामुदायिक सिकाई केन्द्र तल्लो तल्लुका अध्यक्ष रामबहादुर के.सी.लाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८२ बाट सम्मानित गर्नुभएको थियो भने श्री नवजागरण युवा क्लब, पहाडे थापागाउँ र फर्सिडोल टोल विकास संस्थालाई संस्थागत सम्मान गर्नुभएको थियो । लकस नेपालले अमेरिकी संस्था आउटरिच इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत रहेका कार्यक्षेत्रहरुबाट प्रक्रियागत रुपमा छनौट गरी लकस नेपाल बर्ष ब्यक्तित्व सम्मान प्रदान गरेको हो । पहिलो पल्ट यो सम्मान सिखर्पाका गणेशबहादुर नगरकोटीलाई प्रदान गरिएको थियो ।
संस्थाले सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत पहाडे थापागाउँ, सिखर्पा र कोञ्ज्योसोम गाउँपालिकाको तल्लो नल्लुका कार्यक्रम समापन गरिसकेको छ भने हाल गोदावरी नगरपालिका वडा ४ बडिखेलमा ठूलो खोला आमा समूह, वनदेवी टोल विकास संस्था, वडा नं. ६ लप्सेमा लप्से टोल विकास संस्था, वडा ९ इताहिटीमा इताहिटी टोल विकास संस्था, बागमती गाउँपालिका वडा ३ भट्टेडाँडामा सातकन्या सामुदायिक समूह, ललितपुर महानगरपालिका २२ वडा फर्सिडोलमा फर्सिडोल टोल विकास संस्था लगायतका समूहहरुको सहभागितामा कार्यक्रम निरन्तर छ साथै कल्चरल सर्भाइभरको किपर्स अफ द अर्थ फण्डको सहयोगमा नेपालभाषा तथा लिपि प्रवर्द्धन परियोजना संचालनमा रहेको छ । यस परियोजना अन्तर्गत नेपालभाषा, प्रचलित नेपाल लिपि र रञ्जना लिपि कक्षा संचालन भइरहेका छन् ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













