लोकेश्वर साकोसमा समाचार लेखन तालिम सम्पन्न
लोकेश्वर साकोस
भक्तपुर, साउन १९

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम शनिबार इताछें, भक्तपुरमा सम्पन्न भएको छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रविन्द्र खर्बुजाले प्रमाण–पत्र वितरण गर्नु भयो । तालिमको औपचारीक कार्यक्रममा बोल्दै प्रमुख अतिथि खर्वुजाले तालिमबाट सिकेको सीपलाई आफु स“ग मात्र सिमित नाराखि निरन्तर रुपमा उपयोग गर्दै जानुपर्ने कुरा बताउनु भयो । विभिन्न लेख र समाचाहरु लेख्दा सम्बन्धीत विषयको बारेमा अध्ययन गरी सत्य तथ्य कुरा मात्र समाचारको रुपमा लेख्नुपर्ने कुरामा जोड्दिनु भयो । समसामयीक विषयमा पत्रपत्रीकामा आएको लेखहरुबारे चार्चा गर्र्दै हाल १२ कक्षा उत्तीर्ण गरे स“गै बैदेशिने प्रबृति बढ्ढै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

Open photo


संस्थाका अध्यक्ष राजन जतिले संस्था स्थापनाकाल देखि विभिन्न तालिमहरु संचालन गर्दै सदस्यहरुलाई शिक्षा दिन्दै आएको बताउनुभयो । समुदायमा आधारित सहकारीहरुले समाजलाई नै अगाडि बढाउने किसीमको कार्यक्रम गर्दै जानुपर्ने कुरा राख्नुभयो । अहिलेको सहकारी संस्थाहरुको अवस्थालाई औल्यांउदै ब्याजको लोभमा जथाभावी सहकारीहरुमा बचत जम्मा गर्दा सर्वसाधारनको मात्र नभइ सहकारी संचालकको समेत बचत रकम फिर्ता नपाएको कुरा बताउनुभयो । तालिमका प्रशिक्षक कृष्णराम किसीले कार्यक्रममा बोल्दै सत्यतथ्य र राम्रो समाचार लेख्न सकेमा समाजले पनि आफुलाई चिने कुरा बताउदैै प्रचाम प्रसारको महत्वको बारे चर्चा गर्नुभयो ।


आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णराम तुकंबन्जारले प्रशिक्ष्ाँर्थीहरुले संस्थाले संचालन गरेको विभिन्न कार्यक्रमहरु र आफु संग्लन रहेको संघ संस्थाको समाचारहरु लेख्न सकोस भनि शुभकामना व्यक्त गर्नुभयो । कार्यममा प्रशिक्षार्थीको तर्फबाट तुल्सीलक्ष्मी दुमरुले आफ्नो तालिको अनुभव राख्नु भएको थियो । कार्यक्रम उपसमितिका सदस्य सजिब मानन्धरले संचालन गर्नु भएको थियो भने तालिममा १४ जनाको प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।