अस्पताल वा जग्गासँग कोरोना भाइरसको जोखिम सात्न तयार चाँनपा!

भक्तपुर, फागुण १ गते
अस्पताल वा जग्गासँग कोरोना भाइरसको जोखिम सात्न चाँगुनारायण नगरपालिका तयार हुने देखिएको छ । बुद्धवार नगरपालिकाको भवनमा बसेको छलफलका क्रममा सरकारले स्थानीय तहसँग समन्वय नगरी चीनबाट फकाईने नेपाली खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा राख्ने एकतर्फि निर्णय गरेको भन्दै सरकारले कोरोना भाइरस ब्यवस्थापनका लागि बनाउने भनिएको तीन सय शैयाको अस्पताल चाँगुनारायण नगरपालिका क्षेत्रमा बनाउन दिने भए सरकारको निर्णय मान्न तयार भएको बताएका हुन । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सरकारी चिकित्सकहरु तथा केही सरोकारवालाहरु बीच बुधबार कोरोना भाइरस प्रभावितहरुको व्यवस्थापन बारे छलफल गर्दै तीनीहरुले सरकारको निर्णय मानेबापत अस्पताल वा जग्गा माग गरेको हो ।


चीन जस्तो विकसित देशबाट फैलिएको कोरोना भाइरसका कारण प्रति दुई सयमा तीन जनाको मात्रै ज्यान जाने भएको तथा चीनबाट फकाईने नेपालीहरुलाई पनि सुरक्षित ठाउँमै राखेकाले जोखिम नहुने सरकारी चिकित्सकहरुको दाबी बीच अस्पतल वा जग्गासँग कोरोना भाइरसको जोखिम लिन चाँगुनारायण नगरपालिकाका मेयर तयार भएका हुन । तीनीहरुलाई भक्तपुरमा राख्दा स्थानीयबासीलाई केही हुने बितिकै अपहेलित हुनुपर्ने अवस्था आउने भएकाले त्यसको प्रभावको दीर्घकालिन रुपमा देखाउनको लागि अस्पताल वा जग्गा माग गरेको र यसमा स्थानीयको दवाफ नपुगेको नगर प्रमुख सोम मिश्रको भनाई छ । प्रमुख मिश्रको भनाई प्रति समर्थन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सरकारले र सरकारी चिकित्सकले गरेको घोषणा अनुसार अस्पताल निर्माण वा जग्गा उपलब्ध गराउन आफू प्रतिवद्ध हुने भन्दै सहजिकरण प्रयास गर्नु भएको थियो । यद्यपी स्थानीय प्रकाश लामिछाने सहितले कोरोना भाइरस प्रभावितबाट खरिपाटीमा राखेकै कारण केही जोखिम आयो भने कस्ले जिम्मेवारी लिने भन्ने गम्भिर प्रश्न रहेको उल्लेख गरी विरोध गरेका थिए । ६ वर्ष बितिसक्दा पनि कमलविनायक नगरकोट सडक नबेनेको देखेका स्थानीय जनतालाई साथ दिदै चाँगुनारायण नगरपालिकाको मंगलबार बसेको नगर सभाको बैठकले सर्वसहमतिमा सो क्षेत्रमा कोरोना प्रभावितलाई राख्न नदिने निर्णय गरि सकेको दुवाकोटका जनप्रतिनिधी सोम प्रधानले बताए । चनपा ६का वडाध्यक्षले भने आफ्नै वडाको पानी ट्याकीमा समेत प्रभावितहरु राख्ने तयारी गरेपछि स्थानीय जनतालाई आन्दोलनमा उतारिरहेको दाबी गरेका छन् । सरकारी निकायका प्रतिनिधीहरु जनतासमक्ष कोरोना भाइरसको बारे जानकारी दिन पुग्दा जनप्रतिनिधी मात्रै खोजेकोले जनप्रतिधिले जनतालाई मनोसामाजिक परामर्श दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले समस्या समाधान खोज्न थालेका थिए । फागुणन ३ गते चीनबाट प्रभावित नेपालीलाई फकाउने भनिरहँदा चीनबाट फकाइने १ सय ८० विद्यार्थीहरु खरिपाटीस्थित विधुत तालिम केन्द्रमा राख्न दुईवटा भवन तयारी अवस्थामा राखेको छ भने उद्धारकालागि जाने नेपाली चिकित्सक, पाइलट तथा सहयोगिहरुलाई भने नगरकोटस्थित पानी ट्याकीको सरकारी भवनमा राख्ने तयारी गरेको छ । कम्तिमा पनि १४ दिन सम्म सो क्षेत्रमा राख्दा स्थानीय समुदायमा भय हुने भन्दै दैनिक दुई जना डाक्टर र एउटा सहायता कक्ष राखि दिने सरकारी चिकित्सकहरुको भनाई छ ।


विश्वभरका विभिन्न देशहरुले चीन सरकारले कोरोना भाइरस नियन्त्रणको लागि गरिरहेको प्रयासप्रति एक्यबद्धता जनाइ सहयोग गर्न खोजि रहँदा पनि कोरोना भाइरसको संक्रमण फैलिने र मर्नेको सख्या रोकिएको छैन । बुधबारसम्ममा एक हजार भन्दा बढी संक्रमितहरुको चीनमै मृत्युभइ सकेको चीनिया अधिकारीहरुले बताएका छन् भने चीनबाट फिर्ता लगिएका दक्षिण कोरीयाका १ सय ४७ जना कोरीयाली मध्ये ६ जनामा कोरिया पुगेपछि मात्रै कोरोना भाइरसको लक्षण देखिएको थियो । विकसित देशमासमेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसकि रहेको बेला चीनबाट फकाइने नेपालीबाट हुन सक्ने कोरोना भाइरसको जोखिम के अस्पताल र जग्गासँग सात्नु मनासिब हुन्छ त? भन्ने गम्भिर प्रश्न चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधी समक्ष उठेको छ । चाँगुनारायण नगरपालिकाले अस्पताल वा जग्गाको नाममा लिने कोरोना भाइरसको जोखिम चानपाका जनताको लागि मात्र होइन भक्तपुर र काठमाण्डौ उपत्यका तथा देशबासीकै लागि थप जोखिम हुन सक्ने देखिन्छ । त्यसैले चाँगुका ३५० जना भन्दा बढी समुदायले कोरोना भाइरस प्रभावित क्षेत्रबाट ल्याइन नेपालीलाई भक्तपुरमा राख्न नहुने र मानव बस्ती भन्दा टाढा राख्ने ब्यवस्था गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराइ सक्नु भएको छ । दिनहुँ जसो विरोधका गतिविधिहरु भईरहेको भन्दै स्थानीय कृष्णा थापामगरले कोरोना भाइरस केहो आफूहरुलाई केही थाहा नपाएको भन्दै आफ्नो घर छोडेर अन्त सर्ने अवस्था समेत नभएको भन्दै बस्ती क्षेत्रमा राख्न नहुनेमा जोड दिएका थिए भने कतिपयले बस्ती छोडेर हिड्न बाध्य हुनुपरेको नेपाल पत्रकार महासंघ भक्तपुरले भने पत्रकारहरुलाई समाचार संकलन गर्न बाधा पुर्याइ रहेको भन्दै ध्यानाकषर्ण गराएका थिए ।
जनस्वास्थ्यसँग जोडिएको विषयलाई लाभसँग जोडेर कुरा उठेपछि कोरोना भाइरसका कारण नगर प्रमुख मिश्रले राजीनामा दिन तयार हुनुपर्ने भन्दै सहभागिले प्रश्न समेत उठाएको सो छलफलले जोखिमको जिम्मेबारी कस्ले लिन्छ भने गम्भिर प्रश्न भन्दा कोरोनाको हल्लाह नगर्ने र जनतालाई मनोसामाजिक परामर्श दिएर व्यवस्थापन गर्ने र यसको जोखिम लिएबापत अस्पताल वा जग्गा चानपाले पाउने पक्षमा उभिन्न खोजेको देखिन्छ । एकै दिन २ हजार १५ जनामा संक्रमण फैलिएको विश्वभर ४४ हजार ६ सयमा फैलि सकेको र एक हजार भन्दा बढीको ज्यान गइसकेको बीबीसीले बताइ सक्दा विश्व स्वास्थ्य संगठनले पनि चीनबाट फैलिएको कोरोना भइरसको प्रभाब यस्तै हुन सक्छ भन्न नसकिने भएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले आफ्नो अध्यक्षमा सरकारी चिकित्सक र प्रमुख जिल्ला अधिकारी पाण्डे सहितको सहभागितामा बुधबार बसेको बैठकले बस्ती क्षेत्रमा कोरोना प्रभाबित क्षेत्रबाट ल्याइएका नेपाली राख्न नहुने भन्दै अन्यत्र व्यबस्थापन गर्न सरकारलाई आग्रह गरिकेको छ ।