ङा लाकेगु जात्रामा हाहा….. मात्र भयो, आबा…., आबा….कता हरायो? दर्शकहरुको जिज्ञासा

भक्तपुरको प्रसिद्ध नवदुर्गा गणले आज भक्तपुरको ऐतिहासिक तौमढी चोकमा ङा लाकेगु जात्रा मनाएको छ । के युवा, के बृद्ध, बालबालिका देखि विदेशी पर्यटकहरु समेत रम्मेर, झुम्मेर ङा लाकेगु जात्रा अवलोकलन मात्र होइन, प्रत्यक्षरुपमा सहभागि भएर मनोरञ्जन पनि प्राप्त गरेका छन् । नवदुर्गा गणका सिम,दुम र स्वीति भैलले ङा लाकेगु (माछा समाउने) मल्लकालिन परम्परागत जात्रा मनाएका हुन।

(1) Facebook
हरेक वर्ष माघ २ गते देखि भक्तपुरको सूर्यमढी चोकबाट भक्तपुर नगरमा सुरु हुने गरेको ङा लाकेगु जात्रा अन्तर्गत आज ङातापोल मन्दिर अगाडी ङा लाकेगु जात्रा मनाएको हो भने भोलि तालाक्वमा ङा लाकेगु जात्रा मनाईने नवदुर्गा गणको तयारी छ । तौमढीमा ङा लाकेगु जात्रा सम्पन्न गरी आजै राती नवदुर्गा गणलाई तालाक्वमा पुर्याउने परम्परा रहेका छ ।


ङा लाकेगु जात्रामा हाहा….. मात्र भयो, आबा…., आबा….कता हरायो? दर्शकहरुको जिज्ञासा
देउटासँग प्रत्येक्ष खेल्न पाउने पर्वको रुपमा मानिने ङा लाकेगु जात्रामा देउटालाई जिस्क्याउन जात्रालुहरुले आफ्नो एउटा हातले देउतालाई आफू तर्फ बोलाउँदै र अर्को हातले हाहा…… गर्दै रहेको आफ्नै मुखमा लगेर पटक पटक हल्का हिर्काएर हाहा….लाई आबा…., आबा…..मा बदलेर देउटासँग जिस्केर ङा लाकेगु जात्रा मनाउने परम्परा रहि आएको छ । यद्यपी आज भोलि ङालाकेगु जात्रामा आबा…., आबा….. गर्ने भन्दा हाहा…… हाहा….. गरेर उफ्रि उफ्रि मात्रै ङा लाकेगु जात्रामा सहभागि हुने गरेको देखियो । के यो विकृत हो की, मनोरञ्जन गर्ने शैलीमा परिवर्तन आएको हो ? आज तौमढीमा ङालाकेगु जात्रा हेर्न सहभागि दर्शकहरु बीच जिज्ञासाको विषय बनेको छ ।