भक्तपुर, माघ २५ गते, २०७६
नेपाल रेडक्रस सोसाईटी भक्तपुरले गरेको विद्यान संशोधन अनुसार शनिवार प्रथम साधारण सभा आयोजना गरेको छ । सोसाइटीका केन्द्रीय महामन्त्री देवरत्न ध्वाख्वाले सभाको आज उद्घाटन गर्नु भएको थियो ।
सभाका प्रमुख अतिथी तथ माहामन्त्री ध्वाख्वाले संघिय सरकारको मर्म अनुसार नेपाल रेडक्रस सोसाईटीले विधान संसोधन गरी यसको स्वरुप परिवर्तन भए पश्चात जिल्ला शाखा भक्तपुरले प्रथम साधारण सभा आयोजना गरेको बताउनु भयो । विगतको इतिहास हेर्दा २४ औ साधारण सभा मनाई सकेको भक्तपुर शाखालाई आगामी दिनमा रेडक्रसको सिदान्त अनुरुप थप कार्य गर्न शुभकामना व्यक्त गदै उहाँले रेडक्रसको ७ सिदान्तप्रतिको बुझाई सबैको समान बनाउन आवश्यक रहेको कुरामा जोड दिनु भयो ।

कार्यक्रमका विषेष अतिथी तथा जिल्ला समन्वय समिती प्रमुख नवराज गेलालले जहा दुःख त्यहा रेडक्रस भने जस्तै रेडक्रसको जन्म पनि युद्घका घाइतेको उद्घारकालागी भएको थियो भन्दै उहाँले भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले मानविय हीत र सहयोगका क्षेत्रमा धेरै काम गरेको उल्लेख गर्नु भयो । रगत नपाए भक्तपुर जानु भन्ने नारालाई सार्थकता दिन विभिन्न कार्यक्रम आयोजना गरि रहेको भन्दै उहाँले वडाहरुमा उपशाखा गठन, सवलिकृत भवननिर्माण, जिविकोपार्जनका गतिविधीहरु संचालन गरी एक प्रसंसनीय कार्य गरि आएकोले समुदायले सजिलै सहयोग प्राप्त गर्न सकेको बताउनु भयो । रेडक्रस बारे बाहिर जे जस्तो टीकाटीप्णी भएपनी नेपाल सरकार रेडक्रसप्रती नकारात्मक नरहेको अभिव्यक्ती दिदै उहाँले आगामी दिनमा राजनितीक आवरणबाट रेडक्रसलाई छोप्न नदिन र नेपाल रेडक्रस सोसाईटीको इतिहासलाई सुरक्षित राख्न अनुरोध गर्नु भएको थियो ।

सभाका सभापति एवं नेपाल रेडक्रस सोसाईटी केन्द्रिय सदस्य, राष्ट्रिय विपद तथा संकट व्यवस्थापन समितीका सभापति एमं भक्तपुर जिल्लाशाखाका सभापति मनोज कुमार थापाले अहिलेको परिप्रेक्षमा जिल्लालाई समुदायको आवश्यकता, माग र नेपाल रेडक्रसको विधान अनुसार कसरी काम गर्ने भन्ने तर्फ आगामी दिनमा सबै पक्षले जोड दिन आवश्यक भएको बताउनु भयो । नेपाल रेडक्रस कुनै निश्चीत जात जाती भाषा भाषी दलको नभई सम्पुर्ण समुदायको भएको बताउँदै उहाँले रेडक्रसका उपशाखा र जिल्ला शाखाले समुदायको आवश्यकता अनुसार काम गर्दै आएको बताउनु भयो । मानवताको लागी काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटीलाई अनावश्यक टीकाटीप्णी गर्नु भन्दा सम्वन्धित पक्षले आवश्यक परेमा निश्चित तरिकाले छानविन गर्न अनुरोध गर्दै यसकालागि कुनै पनि समयमा छानविन समितीलाई नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा भक्तपुर सहयोग गर्न तयार रहेको कुरा पनि व्यक्त गर्नु भएको थियो ।
जिल्ला शाखा भक्तपुरका मन्त्री परशुरामपाण्डेले साभा संचालन गर्नु भएको थियो भने सभामा स्वागत मन्तव्य जिल्लाका कोषध्यक्ष प्रदिपकुमार केसीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी रेडक्रस महामन्त्री ध्वाख्वा र विषेष अतिथी गेलालले हेनरी डीउनाको तस्विरमा माल्याअप्रण गर्नुको साथै प्रगती प्रतिवेदन पुस्तिका विमोचन गरेको थियो । राष्ट्रिय गान र नेपाल रेडक्रसका ७ सिद्घान्तलाई बाचन गर्दै पुन सुरु भएको सो सभामा विभीन्न विशिष्ट व्यक्तीहरुले आआफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रथम साधारण सभाको अवसरमा अतिथीहरुबाट वर्षका उत्कृट उपशाखाहरु, स्वयंमसेवक, युवा रेडक्रस र जुनीयर सर्कल तथा कर्मचारीहरुलाई पुरस्कृत गरीएको थियो । प्रथम सत्रको अन्त्य पश्चात शुरु भएको बन्द सत्रमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको उपलव्धी, प्रगति प्रतीवेदन, आगामी योजना, आगामी रणनीतीहरु प्रस्तुत गरी छलफल भएको थियो भने प्रस्तुत विषयवस्तुमाथि सहभागि सभासदहरुले टिप्पणी गर्दै रक्तदानका गतिविधी उपशाखाले गर्दा वजेट विनियोजन गर्नुपर्ने, रगतको माग बृद्घी भए अनुसार विभीन्न कल्व, सहकारी, युवा कल्व एवं सस्थाहरु संगको सहकार्य बढाउनुपर्ने, लेखा समितीको बैठक समयमा र नियमीत तरीकाले हुनु पर्ने लगायत केही महत्वपुर्ण सल्ला सुझाव दिनु भइको थियो । प्रस्तुत प्रतिवेदन र छलफलबाट निस्केका निस्कर्ष सभाबाट पास भएपश्चात रेडक्रस भक्तपुरको प्रथम साधारण सभा पनि आजै समापन गरेको थियोे ।
नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा भक्तपुरको प्रथम साधरण सभामा जिल्ला समन्वय समीती भक्तपुर, महा नगरीय प्रहरी परिसर , जिल्ला जनस्वास्थय कार्यालय, ,विभन्नि संघ सस्था, राजनितीक दलका प्रतीनीधी, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस केन्द्रीय कार्यलय, जिल्ला शाखा, उपशाखाका प्रतिनिधि,सभासद, कर्मचारी र स्वयंमसेवकहरुको उपस्थिती रहेको थियो ।













