कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न
२०७९ बैशाख १४ र १५ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा शंखधर पार्टी प्यालेस, भक्तपुरमा नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको कर तथा कोष व्यवस्थापन उच्च व्यवस्थापनका कर्मचारीको काम भएकोले सोबारे क्षमता बृद्धिमा तालिमले टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशत लागु हुुनु अव्यवहारिक र अन्यायपूर्ण रहेको भन्दैं सुधारको लागि सम्बन्धीत निकायमा अवाज उठाउदैं आएको बताउनुभयो । सहकारी संस्थाहरुमध्ये ७० प्रतिशत सहकारी संस्था स्थानीय तह अन्र्तगत संचालनमा रहेकोले स्थानीय चुनावमा सहकारीको विकासका एजेन्डाबारे सहकारीकर्मी सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाले कर तथा कोष व्यवस्थापनका सहितको आर्थिक विवरणबारे अध्ययन तथा जानकारी राख्नसकून भने उद्देश्यले तालिमको आयोजना गरेको वताउनुभयो । तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो ।
उपसमितिका सदस्य विकुलाल सुवालले धन्यवाद मन्तव्य दिदैं सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राख्नुभयो । सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाले कोष व्यवस्थापनबारे सहजिकरणमा सम्पन्न भयो । तालिमको समापन समारोह संचालन उपसमितिका सदस्य चन्डिाका छुंकाले गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिस, कोष वाँडफाँड, कोषको उपयोगिता लगाएतका विषयहरु सिकेको बताउनुभयो । तालिममा संस्थामा कार्यरत ३२ जना कर्मचारीहरुको सहभागिता रह्यो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













