बाग्मति प्रदेश, हेटौंडा, माघ २५ गते
नेपाल सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्वर ३ (बाग्मति प्रदेश)ले शुक्रवार नवौं विश्व रेडियो दिवस मनाएको छ । रेडियो र बहुलता एवं विविधताका विषयमा छलफल गर्दै सामुदायिक र नीजि रेडियोहरुको भिन्नता एवं भूमिका देखिनुपर्नेमा जोड दिदै प्रदेशस्तरीय अन्तरक्रिया भएको हो । सभाको शुक्रवार एक समारोह बीच हेटौंडामा बागमति प्रदेशका मुख्य मन्त्री दोरमणी पौड्यले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी पौडेलले रेडियोहरुको बीचमा सामुदायिक रेडियो प्रभावकारी रहेको भन्दै सामुदायिक रेडियोले जनसरोकारका विषयमा बोल्ने गरेको हुँदा जनविश्वास रहेको उल्लेख गर्दै टोल टोलमा प्रदेश सरकार पनि पुगि रहेको दाबि गर्नु भयो । समाज परिवर्तनमा रेडियोले भूमिका खेल्न सक्ने भन्दै रेडियोको क्षमताविकास, दक्षता अभिवृद्धितर्फ प्रदेश सरकारले ध्यान दिने बताउनु भयो । सो अवसरमा कार्यक्रमका विशेष अतिथी एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेले नीतिगत रुपले सामुदायिक रेडियो बलियो बनाउन सहयोग गर्ने बताउनु भयो । नेपाल सामुदायिक रेडियो प्रसारक संघका केन्दीय महासचिब गोविन्द देवकोटाले समुदायमा सामुदायिक रेडियोले खेलि रहेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले बितरण गरेको ७५० वटा रेडियोहरु मध्ये ३६० वटा सामुदायिक रेडियो रहेको बताउनु भयो । देशभरका रेडियोहरुमा काम गर्ने जनशक्ति र स्वयंसेवक सहित १० हजार रहेको एवं रेडियोको लगानी ३ अर्व भन्दा बढी रहेकाले रेडियोको व्यवस्थापन र दक्षताअभिवृद्धिका लागि सरकारले ध्यान दिन अवश्यक भएकोमा जोड दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि रेडियोको महत्व बारे चर्चा गरेको सो अवसरमा सञ्चार रजिस्तार रेवटी प्रसाद सापकोटाले हजार वाट मुनिका रेडियोहरुको व्यवस्थापन, क्षमता र दक्षतावृद्धितर्फ प्रदेश सरकारले ध्यान दिएको उल्लेख गर्दै रेडियोमा काम गर्ने कामदार तथा पत्रकारहरुको क्षमतावृद्धिको लागि विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको पनि बताउनु भयो । अरु प्रेदशको तुलनामा बागमती प्रदेशमा सञ्चारलाई उदाहरणीय रुपले विकास र प्रवर्धन गर्न ३० वर्ष काम गरेका पत्रकारहरुलाई पुरस्कृति समेत गर्ने नीति अवलम्बन गर्ने तयारीमा रहेको बताउनु भयो । प्रदेश सरकार आफैले सञ्चार सञ्चालन नगरी सञ्चालनमा रहेको सञ्चार माध्यमहरुलाई व्यवस्थित गर्नेमा सरकारले भूमिका खेल्ने बताउनु भयो । अकोराबका बाग्मति प्रदेशका अध्यक्ष कृष्णहरी घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रम सचिब बलराम श्रेष्ठले संचालन गरेका थिए |कार्यक्रममा नेपाल पत्रकार महासघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्ट र बान प्रतिनिधी लगायतले पनि रेडियोका साझा समस्या, चुनौतिहरुको समीक्षा गर्दै सहकार्य र समन्वयकारी भूमिका खेलि सामुदायिक रेडियो प्रसारणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।

आर्थिक स्रोतले सम्पन्न हुन नसकेसम्म रेडियोको प्रशारण प्रभावकारी हुन नसक्ने भन्दै सहभागिहरुले
समानुपातिक विज्ञापन एकद्धार प्रणालीद्वारा बितरण गर्नुपर्ने, फिक्वेन्सी वितरण व्यवस्थित गर्नुपर्ने लगायत रेडियोको दर्ता, नविकरणका समस्याहरु बारे अवगत गराएका थिए भने कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य सरोज पौड्यलले रेडियो र बुहलता बारेमा समूहगत छफल गरेका थिए । छलफलमा एकोरावका कोषाध्यक्ष लक्ष्मण खड्काले सामुदायिक रेडियो समुदायको सहयोगमा समुदायकोलागि सञ्चालन भइरहेको उल्लेख गर्दै सामुदायिक रेडियो भएकैले थप समस्याहरु रहेको उल्लेख गर्दै जनविश्वास प्राप्त सामुदायिक रेडियोलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । सञ्चार रजिष्टार सापकोटाले सञ्चार माध्यमलाई विभेद नगरी सरकारी सेवा दिने नीतिगत व्यवस्था हुने विश्वास दिलाउनु भयो । सो अवसरमा रेडियोले सामाजिक अभियानलाई प्रभावकारी बनाउन सामाजिक संघ संस्थासँग प्रभावकारी समन्वय र सहकार्य गर्न आवश्यक भएकोमा जोड दिएको थियो ।














