लोकेश्वर साकोसको अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता जारी
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सहकारी छात्रा एकल १९ बर्षमुनी ब्याडमिन्टन प्रतियोगिता २०८० ९न्ष्चुिक कष्लनभिक ग्–ज्ञढ द्यबमmष्लतयल ऋयmउभतष्तष्यल–द्दण्डण्० को अन्तिम आठका खेलहरु सम्पन्न भएका छन् । अन्तिम आठको पहिलो खेलमा भक्तपुर साकोसका सोनम प्रजापतिले श्री चण्डेश्वरी अजिमा साकोसका सोफिया कर्माचार्यलाई २–० सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्रमश दोस्रो, तेस्रो र चौथो खेलहरुमा लोकेश्वर साकोसका प्रीति देशेमरुले सिद्धि गणेश साकोसका भरोसा सांगाछेलाई, थी थी उ.सहकारीका निरु खत्रीले श्री छुमा गणेश साकोसका कृषा मलेकारलाई र लोकेश्वर साकोसका रुषा जतिले सिद्धि गणेश सकोसका निलिशा गाईजुलाई सोझो सेटमा पराजित गरी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।


संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलहरु सहित समापन एवं पुरस्कार वितरण कार्यक्रम पुस २८ गते शनिबार बिहान सम्पन्न हुने जानकारी संयोजक राजु छुकांले दिनु भयो । साथै स्थापना दिवस कै अवसरमा संस्थाबाट सदस्यहरुलाई यहि माघ ७ गतेदेखि धां बाजा प्रशिक्षण गर्ने जानकारी प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।














