जलसाझीलार्ई कार्वाही होइन, पीडितलाई नै सजय भयो :कुशबहादुर कार्की

जलसाझीलार्ई कार्वाही होइन, पीडितलाई नै सजय भयो ।
भक्तपुर, भाद्र २५ गते
भक्तपुरको सुडाल निवासी कुशबहादुर कार्कीलाई आफ्नो पुर्खाली सम्पति कति छ अझै यकिन छैन । ६५ वर्षको उमेरमा पनि आफ्नो पुर्खौली सम्पति खोज्दै छन् तर यकिन भएका जग्गा जमिन पनि कसैले आफ्नो नाममा पारेर अर्कैलाई बेचिदिएपछि कार्की परिवार सहयोगकालागि प्रहरी प्रशासन गुर्हान पुग्छन् । कानूनी उपचारमा जान्छन् । आफ्नो पुर्खाको जग्गा जमिन कसैले जालसाझि गरी बेचिएको प्रमाण हुँदा हुँदै पनि दोसीलाई कार्वाही गर्नुको बदला अदालति प्रकृयाबाट भने कार्की परिवारलाई नै हराई दिन्छन् । जिल्ला अदालतबाट मात्र होइन सर्वच्च अदालतबाट पनि हराई दिएपछि कुशबहादुर कार्की परिवारलाई अहिले आफ्नो पूर्खाैली सम्पति कसरी फकाई लिने भन्नेमा चिन्ता छ । आफ्नो जमिनमा अहिले ठूलठूला भवनहरु बनि सके, न्याय कहाँबाट पाइन्छ भन्नेमा कार्कि परिवार चिन्तामा छन् ।


प्रहरी, आदालत अनेक प्रयास गर्दा पनि उभो नलागेपछि आफ्नो व्यथा सुनाउन यतिबेला पत्रकार समक्ष आई पुगेका छन् । एक दुई आना होइन २८ रोपनी जग्गा कुशबहादुर कार्कीका बजे बमबहादुर कार्कीको नाममा रहेको पुष्टि गर्दै कार्कीले सर्वच्च अदालतले समेत त्यसभन्दा अगाडी नै अंशबन्दा गरिसकेको बताउँछन् । दाजुभाईको अंशमा अंशबन्दा भई सकेको जमिन बीरबहादुर तामाङले जालसाझि गरी बेचेको पुष्टि भएपनि अदालतबाट आफूहरु नै हराई दिएकोमा अचम्म मान्दै कुशबहादुर कार्कीले भने जलसाझीलार्ई कार्वाही होइन, पीडितलाई नै सजय भयो ।
यस्तो कसरी हुन्न सक्छ? भन्दै आफ्नो पुर्खाली सम्पति पकाई पाउन गरेको आग्रह र घटना विरण यस प्रकार सुनाएका छन् ।

बाजे बमवहादुर कार्कीको दुई छोरा र एक छोरीमा जेठा छोरा टंकबहादुर कार्की म फिरादीको ठुलो बुबा हुनुहुन्छ भने कान्छा थलबहादुर कार्की म फिरादीको पिता हुनुहुन्छ । ठुलो बुवा टंकबहादुरको मृत्यु भइसकेको छ र उहांको पाँचजना छोराहरु क्रमशः रामवहादुर कार्की, वीरबहादुर कार्की, टेकबहादुर कार्की र पूर्णबहादुर कार्की रहेको छ । त्यस्तै पिता थलवहादुर कार्कीको पनि मृत्यु भईसकेको छ । पिताको तीनजना छोराहरुमा जेठा लवबहादुर कार्की, माहिलो म फिरादी कुशबहादुर कार्की र कान्छो किशोर कार्की रहेको छ । त्यस्तै वाजे बमवहादुरको एकजना छोरी कान्छी काकिंनी भएकोमा उहाँ अविवाहित नै रही परलोक भइसक्नुभएको छ । म फिरादीको पिता थलवहादुर कार्कीले तत्कालिन भक्तपुर ईलाका अदालतमा ठुलोबुबा टंकबहादुर कार्की उपर अंश मुद्दाको नालेश दायर गरी उक्त अदालतवाट निज पिताले फिराद दावी वमोजिम अंश पाउने ठहरी फैसला भएको र सम्मानित सर्वोच्च अदालतको फुलवेन्चवाट उक्त मुद्दाको प्रतिवादी टंवहादुर कार्कीवाट पेश गरिएको मिति २०१७÷३÷२÷४ को तायदातीमा उल्लेखित सम्पत्ति जग्गामध्येवाट निज पिता थलवहादुर कार्कीले ६ खण्डको ५ खण्ड अंश पाउने ठहरी मिति २०२७÷२÷२३÷६ मा फैसला भएको थियो । सम्मानित सर्वोच्च अदालत फुलवेन्चको उक्त मिति २०२७÷२÷२३÷६ को फैसला वमोजिम उक्त २०१७÷३÷२÷४ को तायदातीमा उल्ल्लेख भएको जग्गाहरुमध्ये केहीको सम्वन्धित मालपोत कार्यालयवाट दर्ता प्रमाणित गरी ज।ध।प्र।पूर्जा प्राप्त गरिसकेको छ भने केहीको ज।ध।प्र।पूर्जा लिन बाँकी नै थियो । उक्त जग्गाको मोही साविक भ।पु।जि। थाकलमाल वस्ने माइला लामा अहिले पनि जीवीतै हुनुहुन्छ । तर, निज मोही माइला लामा २०३१ सालमा उक्त जग्गाको नापी हुनुभन्दा अगाडिदेखि दुवै आंखा नदेख्ने भई नेत्रविहिन हुनुहुन्छ । उहाँ कतै हिंडडुल गर्न सक्नुहुन्न । अहिले पनि वेलावेला म निवेदक उहाँसँग भेटघाट गर्छु । हाल निज मोहीको भ।पु।जि, चाँगुनारायण न।पा।, वडा नं। ७ मा वस्नुहुन्छ । निज मोहीको ६ जना दाजुभाईमा क्रमशः स्व। लालवहादुर तामाङ, माइला लामा, विपक्षी बीरवहादुर तामाङ, स्व। ठाइला लामा, स्व। काइलो लामा र कान्छा तामाङ हुन् । जसमध्ये जेठा लालवहादुर, ठाइलो छोरा र कांइलो छोराको मृत्यु भईसकेको छ भने उक्त जग्गाको दर्तावाला मोही माइला लामा हाल पनि वृद्ध र अचेत अवस्थामा जीवितै हुनुहुन्छ । विपक्षी वीरवहादुर तामाङ र कान्छा छोरा पनि जीवितै हुनुहुन्छ । मिति २०३१÷१०÷२५ मा नांपी हुँदा का।प।जि। नाल्दुम गा।वि।स।, वडा नं। ९ को कि।नं। २७२ को क्षे।फ। २६– १५–२–३ र कि।नं। २७३ को श्री।फ। ०–१५–३–२ कायम गरी जग्गा धनी आफै कायम गरी विपक्षी निज वीरवहादुर तामाङले नापीमा दर्ता गरी मिति २०३२÷७÷१४ मा श्रेस्ता समेत निजको नाममा कायम गराएको थियो ।
मालपोत कार्यालय काभ्रेमा मैले दिएको मिति २०७१र१२र३ मा उक्त कि।नं। २७२ र कि।नं। २७३ जग्गाको दर्ता सेस्ता, र।नं। १३३३ बाट सांगिला दुर्स प्रा।लि। लाई पारित गरिदिएको राजिनामा र साग्रिला दुर्ट्स प्रा।लि।ले र।नं। ३२३१ बाट छांयादेवी होलिडे होम प्रा।लि। लाई पारित गरिदिएको राजिनामा लिखतको नक्कल माग गरिएको थियो । उक्त कार्यालयले मेरो निवेदनमा मोठ तथा तामेली भिडाउनको लागि तोक आदेश भए वमोजिम मोठ शाखावाट नाल्दुम ९ कि।नं। २७२, २७३ विरवहादुर तामाङको नाममा नांपी भै र।नं। १३३३ मिति २०३५र१०र१४ को रा।पा।वाट सांग्रिला दुसं प्रा।लि। काठ्माडौंको नाममा गएको, हाल उक्त कित्ता द लिफ हर्सपटल प्रा।लि। को नाममा मोठ सेस्ता कायम रहेको हुँदा का।प।जि।, टुकुचा गा।वि।स। वडा नं। ५ वस्ने निज वीरबहादुर तामाङ९१, का।जि।, का।म।न।पा।, वडा नं। १ कान्तिपथ स्थित सांग्रिला टुर्स प्रा।लि। १, सांग्रिला टुर्स प्रा।लि।का संचालक का।जि।, का।म।न।पा।, वडा नं। १ कान्तिपथ वस्ने टेकचन्द्र पोखरेल९१, ऐ का संचालक ऐ ऐ बस्ने अशोक चन्द्र पोखरेल९१, ऐ को सञ्चालक ऐ ऐ वस्ने अरुणचन्द्र पोखरेल९१ का।जि।, का।म।न।पा। वडा नं। ११ थापाथली, ट्रेड टावरमा अवस्थित द लिफ हस्पिटल प्रा।लि। ९पुरानो नाम छायांदेवी होलिडे होम प्रा।लि। भएको र त्यसका सञ्चालकहरु का।जि।, का।म।न।पा।, वडा नं। ११ थापाथली वस्ने पृथ्वी वहादुर पाण्डे र ऐ ऐ वस्ने हटेस गोल्छा समेत उपर का।प।जि।अ।मा दुषित दर्ता बदर एवं कीर्ते जालसाजी समेत मुद्दाको फिराद दायर गरी कारवाही हुँदा न्यायलयलाई समेत विपक्षीहरुले अनुचित दवाव र प्रभावमा पारि विवादित ठाउँको स्थलगत नांपजांच एवं स्थानीय सर्जमीन समेत नबुझी मिति २०७३र७र२५ मा मेरो दावी नपुग्ने ठहर गरी फैसला भएको थियो ।
शुरु का।प।जि।अ।को उक्त फैसलामा चित्त नबुझि म निवेदकले उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेकोमा उक्त अदालतले समेत विपक्षीहरुको प्रभाव र दवावमा परि मेरो पुनरावेदन दावी नपुग्ने ठहर गरी मिति २०७४र३र९ मा फैसला भयो र तत्पश्चात उक्त फैसलाहरुलाई दोहोर्याई पाउँ भनी सम्मानीत सर्वोच्च अदालतमा निवेदन दायर गरेकोमा सर्वोच्च अदालतबाट पनि उक्त मितिको फैसलाहरुलाई नै सदर हुने भनी म निवेदकको निवेदन माथि कुनै छानविन नै नगरी मिति २०७५र२र६ मा मेरो निवेदन नै खारेज हुने निर्णय गरियो । सर्वोच्च अदालतको २०२७ सालको फैसला बमोजिमको कारवाही गर्न २०४१र२ २२ गते पिता थल बहादुर कार्की परलोक हुनु भएको र त्यस पश्चात् हामहिरुको घरमा खाई खिचोला अंश मुद्दा परेको हुँदा विभिन्न ठाउँको जग्गाको मौजा मध्येको उल्लेखित का।प।जि।, नाल्दुम गा।वि।स।, वडा नं। ९ को कि।नं। २७२ को क्षे।फ। २६९१५९२९३ र कि।नं। २७३ को क्षे।फ। ०९१५९३९२ जग्गा आफ्नो नाममा दर्ता दा।खा। गरि पाउनको लागि निरन्तर प्रयास गर्दा तीन पुस्ते, मौजा, विजन केही पनि नमिलेको मानिसहरुले उक्त जग्गा भएको ठाउंमा वडा सर्जमीन चारकिल्ला केही नगराई शुरु जिल्ला अदालत देखि लिएर सर्वोच्च अदालत पुगुन्जेल सम्म पनि मेरा न्याय निसाफ मरेको हुँदा शुरु जिल्ला अदालत देखि सर्वोच्च अदालत सम्मको आदेश फैसला उल्टाई मोही माईला लामाको सट्टा नक्कली मोही बनेको निजको एकाघरका निअक्षेरी व्यक्ति विरबहादुरलाई ललाईफकाई लगी निजको नाममा मोही कायम गरी हतारहतार अरुलाई वेचेको म एकै घरको अंशियार घरको सरसल्लाह मिली जग्गा दर्ता दा खा गर्न खोजी गर्दा माथि उल्लेखित मिति २०७१र१२र३र मा मा पोका, काभ्रेबाट नक्कल लिई हेर्दा थाहा पाई मुद्दाको प्रक्रियामा गएको थियो । सोही क्रममा
विपक्षीहरुसँग कुराकानी गर्ने प्रयास गर्दा विपक्षी मध्येका हिटेस गोल्छाको मानिस विजेस गोल्छाले पहरा देखि कुहिनोको केही लाग्दैन, उक्त जग्गाको कुरा नगर तिमी के कति लिने भनी पहुँचको भाषामा म निवेदकलाई धम्की समेत दिएको थियो । निज विरबहादुरले उक्त जग्गा आफ्नो नाममा नापी गराउँदा उक्त जग्गा सम्बन्धि हकभोग सहितको प्रमाण, स्रोतको बारेमा क्षेत्रीय कितावमा केही उल्लेख गराउन सकेको पाईदैन । मेरो पिताले भरेको ७ नं फांटवारीमा उक्त जग्गा उल्लेख रहेको छ । नापी शाखावाट लिएको नक्सामा उक्त जग्गाको चारकिल्ला भिडेको छ । उक्त जग्गाको वास्तविक मोही माईला लामाले जग्गा जोति कमाए वापत म निवेदकको पितालाई सालसालको कूत बाली बुझाउदै आएकोमा विपक्षीहरुले छलकपट, जालसाज, कृक्तिम र नक्कली प्रमाण खडा गरी आपसी मिलोमतोमा दूषित दर्ता गरी कीर्ते राजिनामाको लिखत खडा गरी हक हस्तान्रतण गरेको अवस्था रहे पनि मूल जग्गाको दर्ताको स्रोत नै दूषित भएपछि सो जग्गा अन्यत्र हस्तान्तरण भएपनि त्यसको हैसियत पनि मूल जग्गा सरह दूषित हुने प्रष्टै छ। यसर्थ, नांपी कार्यालय, काभ्रे र मालपोत कार्यालय, काभ्रे समेतले अनुचित प्रभावमा परि अख्तियारको दुरुपयोग गरी माथि उल्लेखित व्यक्ति तथा कम्पनीको सञ्चालकहरुले म निवेदकको पैत्रिक सम्पत्ति जग्गा हड्फी लिई खाएको हुँदा निज व्यक्ति तथा कम्पनीका सञ्चालकहरुलाई झिकाई बुझि आवश्यक सोधपुछ गरी मैले पेश गरेको प्रमाणको उचित मूल्यांकन एवं विवादित जग्गाको स्थलगत निरिक्षण र स्थानीय तह जन प्रतिनिधि समेतलाई रोहवरमा राखी चारकिल्लाको नापजाँच, स्थानीय साक्षी सर्जमीन समेत बुझि उक्त कि।नं। २७२ र कि।नं। २७३ को मेरो पैत्रिक सम्पत्ति जग्गा मेरो नाममा फिर्ता दिलाउने कार्यको पहल कदमीको लागि यहाँहरु समक्ष अपिल गर्दछु । हाल उक्त जग्गामा काभ्या रिसोर्ट एण्ड एसपीए सञ्चालन गर्दै आएको छ । साथै उक्त जग्गाको साविक देखिको हाल सम्मको फैसला सहितको लगत कागजात प्रमाणहरु यसैसाथ संलग्न गरिएको व्यहोरा अनुरोध छ ।
प्रेषक
बमबहादुर कार्कीको नाति, थलवहादुर कार्कीको छोरा, भ।पु।जि।, साविक सुडाल गा।वि।स।, वडा नं। ४ भई हाल चाँगुनारायण नगरपालिका, वडा नं। ८ जितपुर बस्ने वर्ष ६५ को कुश वहादुर कार्की ९मो।नं। ९८१८१२४३३५०