झिगु ख्वप साकोसको १६ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन, समुदायमा आधारित सहकारीमा मात्र कारोवार गर्न आग्रह
भक्तपुर, पुस २८ गते
झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लिको १६ औं वार्षिक साधारण सभा सम्पन्न गरी आज नयाँ कार्य समिति सर्व सहमतिले चयन गरेको छ ।
संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा भएको सो साधारणा सभाले संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवांको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भएको झिगु ख्वप साकोसको १६ औं वार्षिक साधारण सभाको अवसरमा उपप्रमुख जोशीले पिएचडि, एमफिल, डाक्टर तथा एमए पास गरेका संस्थाका सदस्यहरुलाई सम्मानित गर्दै उहाँले समुदायको उठान गर्नुपर्ने जेजति कामहरु छन् ति कामहरु सहकारीले आफ्नो जिम्मेवारीका साथ पूरा गर्न सकेमा समाज र सदस्यहरुलाई सहज हुने बताउनु भयो । सहकारीले सदस्य समुदायको क्षमता विकाससँगै जीवनस्तर उकास्ने कार्यलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिदै अतिथी जोशीले देशभर सहकारी संस्थामा फैलिएको बदमासीलाई चिरेर भन्नु भयो । यस्को असर भक्तपुरका केही बहु उदेश्य सहकारी संस्थाहरुमा पनि देखिएको छ । तिनीहरुले जर्वजस्ति सदस्य बनाएर, बचत संकलन गरेर बदमासि गरेका छन् । बढी व्याजको लोभ र प्रलोभवनमा राखेर ठगिएको जनाउँदै उहाँहरुले आफ्नो बच्चाहरुको भविष्यको चिन्ता व्यक्त गर्दै रकम फिर्ता लिइदिन जनप्रतिनिधीहरुलाई आग्रह गर्दै आएको बताए ।
भक्तपुर नगरमा नेपाल मजदुर किसान पार्टीले देखाएको बाटो र निर्वाचन घोषापत्रलाई मर्गदर्शनको रुपमा यहाँका जनताहरुको आधारभूत आवश्यकता जुताउने कार्यमा जुति रहेको भन्दै उहाँले शिक्षामा शिशु स्याहर देखि विद्यालय कलेज र विश्व विद्यालय स्थापना गर्ने योजना रहेको बताउनु भयो ।


कार्यक्रमका विशेष अतिथी भनपा ७का वडाध्यक्ष उकेश कवांले गैर समुदायमा आधारित सहकारीहरुमा देखिएको विक्रृतिहरुले समुदायमा आधारित र काम गरि खाने जनता आवद्ध रहेको सहकारीहरुको समेत बदनाम भएको भन्दै उहाँले भक्तपुर नगरका सहकारीहरुमा त्यस्तो विक्रृति आउन नदिन नियमसँगतरुपले नियमन भइरहेको बताउनु भयो । सहभागी सदस्य समुदायलाई अतिथी कवांले आफ्नो टोलको परिचित सहकारीमा मात्रै विश्वास गरी कारोवार गर्न आग्रह गरेका छन् ।
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले सदस्य समुदायको बौद्धिक विकासकालागि आर्थिकका साथसाथै सामाजिक गतिविधि अगाडी बढाउन झीगु ख्वप साकोस स्थापना भएको स्मरण गर्दै उहाँले सामुहिक कार्य गर्न एकता, पारदर्शिता र विश्वासको वातावरण हुनुपर्नेमा जोड दिनु भयो । सहकारी मार्फत वार्षिक कार्यक्रम बनाई समुदायकालागि आआफ्नो ठाउँबाट योगदान गर्न सकिने धारणा राख्दै संस्थापक अध्यक्ष किसीले सहकारीले समाजका हरेक क्षेत्रमा सक्रियता बढाउन सकिने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथी भक्तपुर जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले समुदायमा आधारित सहकारीमा मात्रै कारोवार गर्न आग्रह गर्दै जिल्ला बचत संघमा आवद्ध रहेका २०२ सहकारी मध्ये ३८ वटाको आफ्नै भवन र ८८ वटा सहकारीले भवन बनाउन जग्गा खरिद गरिसकेकाले संघमा आवद्ध रहेका सहकारीहरु स्वाधिन हुन थालेको बताए । सो अवसरमा मित्र सहकारीको तर्फबाट सिद्धि गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी सदस्य भएकाहरुले कुन समुदायमा आधारित, कुन गैर समुदायमा आधारित भन्ने कुरा चिन्न नसक्दा धेरै सदस्यहरुले सहकारीबाट ठगिएको धारणा राख्नु भयो ।
कार्यत्रममा संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्थाले वर्ष भर आयोजना गरेका विभिन्न शिपमुलक तालिमका सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा मायाको चिन्ह एवं एसईई उत्तिण विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए भने सो अवसरमा प्रमुख अतिथी रजनी जोशीले झिगु ख्वप साकोसको स्मारिका २०८० विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव हरिकृष्ण दनेगुलुले २०७९। ८० को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भूवन गोसाईले आर्थिक प्रतिवेदन तथा २०८०।८१को लागि सञ्चालक समितिले तय गरेको अनुमानित बजेच वाचन गरेका थिए । यसै बीच लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समितिका संयोजक रत्नबीर किसीले वाचन गरेका थिए ।
१हजार ७ सय ३३ सदस्य रहेको झिगु ख्वप बचतले आज सम्पन्न गरेको अधिवेशनबाट अध्यक्षमा नारायणप्रसाद कवां, उपाध्यक्षमा पूण्यराम कवां, सचिवमा आशाकुमार चिकंवन्जार, कोषाध्यक्षमा विष्णुप्रसाद किसी, सदस्यहरुमा बलराम गोसाई, प्रकाश गोसाई, नाति तुईतुई, केशव त्वायनाबासु, हरिकृष्ण दनेगुलु, लक्ष्मीश्वरी तुईतुई र इन्द्रमाया लागे रहेका छन् भने लेखा संयोजकमा अनिता सिंखवाल र सदस्यहरुमा कमिनाका न्याईच्याई र भूवन गोसाइ चुनिएका छन् ।
कार्यक्रमका विशेष अतिथि भनपा ७का वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भएको घोषाण गर्दै उहाँले संस्थाको गोपनियताको सपद ग्रहण गराएका थिए भने जिल्ला बचत संघका व्यवस्थापक बालकृष्ण ध्वजुले निर्वाचन प्रकृयामा सहजिकरण गर्दै मार्गनिर्देशित गरेका थिए । आज भएको साधारण सभामा संस्थाका लक्ष्मीसुन्दर सुवाल र प्रकाश गोसाईले कार्यक्रम सञ्चालन गरेका थिए । यसै बीच संस्थका उपाध्यक्ष तथा नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद कवांले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने आफू निर्वाचित भएपछि सदस्य समुदायको हितकालागि निरन्तर क्रियाशिल हुने प्रतिवधता जनाएका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष आशाकुमार चिकंबन्जार, निर्वतमान अध्यक्ष, तुल्सीराम ग्वाछा, सलहकार, लक्ष्मीभक्त कवां, विरुश्वराम कवां, विष्णुभक्त कवां र नाती कवां र लेखा परीक्षक विश्वराम त्वाती, लेखा सुपेरिवेक्षण समितिका संयोजक रत्नवीर किसी तथा अन्य मित्र सहकारी संस्थाका प्रतिनिधीहरुहरुको आतिथ्यतामा साधारण सभा तथा अधिवेशन आयोजना गरेको थियो ।














