वरिष्ठ उपाध्यक्ष धौबन्जा भक्तपुर उद्योग वाणिज्य संघको नयाँ अध्यक्ष बन्दै

वरिष्ठ उपाध्यक्ष धौबन्जाको भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्ष बन्दै
भक्तपुर,पुस २७ गते
लोकतन्त्र, गणतन्त्र भनेर जपेजस्तै अर्थतन्त्रलाई पनि प्राथमिकता दिएको भए देश समृद्ध हुने भन्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र आयातमुखि हुनुका साथै सुनको थालमा मागेर हिड्नुपरेको अवस्था आएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३६ औं वार्षिक साधारण सभाको आज मध्यपुरठिमी स्थित हेरिटेज पार्टि प्यालेसमा उद्घाटन गर्दै उहाँले सो कुरा बताएका हुन । सो अवसरमा उहाँले संसारका मरुभूमिहरु हरियाली बन्न थाल्यो, हरियो नेपाल मरुभूकिरण हुने गरी लाखौ युवाहरु विदेश हुनु चिन्ताको विषय भएको बताउनु भयो । जलविद्युतको विकासबाटै देश समृद्धि बनाउन सकिने धारणा राख्दै प्रमुख अतिथी श्रेष्ठले कोभिडबाट थलिएको अर्थतन्त्र र विश्वव्यापी पर्यटन बजारमा परेको प्रभावहरुलाई हेरेर प्रतिस्पर्धी बजारमा आफूलाई बचाउन सकिने गरी उद्यमीले काम गर्नुपर्नेमा जोड दिनु भयो ।


उद्यमशिलताको विकासका लागि हरेक वर्ष चैत्र २८ गतेलाई उद्योग दिवस मनाउन थालेको स्मरण गर्दै त्यो एक दिन मात्र होइन हरेक भेटघाटमा उद्यम विकास बारे चिन्तन र छलफल गर्न उहाँले आग्रह गर्नु भयो ।
भक्तपुरको ज्वाईको सम्मानले आफ्नो उद्यमशिलताले सफलता पाएको चर्चा गर्दै उहाँले आफ्नो ससुरो एवं भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गणेशभक्त साखको स्मृतिमा संघको कार्यकाल पूरा गरेका अध्यक्षलाई प्रिन्सिडेन्टल अवार्ड दिने घोषणा पनि गर्नु भयो । साथै उहाँले संघको पदाधिकारी हुनेहरुले स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने र केही लिन्छु भन्ने भन्दा केही दिन्छु भन्ने भावना भएकाहरु संघमा हुनुपर्नेमा जोड दिनु भयो ।
साथै उहाँले सामुहिक प्रयास र टिम वकले मात्रै उदेश्य हाँसिल गर्न सकिने धारणा राख्नु भयो ।
उद्यमीहरु आफूलाई बन्दकीमा राखेर देशलाई केही दिन २४ घण्टाको समयमा २५ घण्टा जुत्नु परेको धारणा राख्दै उहाँले आयातलाई विस्थापन गरी निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनु भयो ।

संघका अध्यक्ष शिव मानन्धरको अध्यक्षतामा आयोजित सो साधारण सभामा आयात निर्यात व्यवासयामा उत्कृष्ठ व्यवसायीहरुलाई सम्मानित गर्नुका साथै सहयोगी व्यक्ति व्यक्तित्व तथा संघ संस्थाहरुलाई कदर प्रदान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पहिला ठूने त्यसपछि मात्रै सुन्ने सरकारको रबैयाले व्यवसायीहरु निरुत्साहित भएको भन्दै उदमीले आफ्नो व्यवासयिक धर्मलाई जुझारु भएर अघि बढ्न आग्रह गर्दै आफ्नो कर्म नछाड्न जोड दिनुभयोे ।
स्थानीय मौलिक सिपलाई पुस्तान्तरण होइन हस्तान्तरणको आवश्यकतामा जोड दिदै अतिथी श्रेष्ठले व्यवसायीले धुक्क भएर लगानी गर्ने वातावरण बनाउन चेम्बर ल आवश्यक भएकोमा जोड दिनु भयो । भने अर्का अतिथी नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले आर्थिक मन्दिले उद्योगको उत्पादन र बिक्रि पनि बढाउन नसकेकाले बैंकको व्याज र ऋण समेत तिर्न नसक्ने अवस्था आएको प्रति चिन्ता व्यक्त गर्नु भयो । व्यवसायीलाई कर माथि कर मात्र लगाउने र सरकारी सुविधा कटौती गर्ने व्यवहारमा सुधार्नुपर्नेमा जोड दिदै उहाँले उद्यम विकासकालागि विना धितोको ऋण र व्यवसाय विमाकालागि समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख डिलिपकुमार गौतमले यो आर्थिक मन्दिमा व्यवसायीहरुले जति आम्दानी र कारोवार गरेको छ त्यति मात्रै कर तिर्न आग्रह गरेको सो साधारण सभामा संघका महासचिव रोशनी धौबन्जाले साधारण सभा सफल पार्न सहयोग गर्ने निकायहरुलाई धन्यवादज्ञापन गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ साथै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख ईश्वर थापा, युवा व्यवसायी संघका अध्यक्ष विश्वराम कवां, संघका पूर्व अध्यक्ष केपी ताम्राकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेम खर्बुजा, नेपाल चेम्बर अफ कमर्श भक्तपुरका अध्यक्ष कविराज श्रेष्ठ सहितका अतिथीहरुले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


संघका कार्यकारी अधिकृत सत्यराम त्वाटी सहितका कर्मचारीहरुलाई कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिएको सो कार्यक्रममा स्वर्गीय उद्यमी शिवभक्त सुकुपायोको स्मृतिमा वार्षिक रु. ५० हजारको छात्रवृति कोष १० वर्षकालागि घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष धौबन्जाले पनि १० वर्षसम्मकालागि वार्षिक ५० हजारको उदमशिलता पुरस्कारको घोषणा गरेको थियो भने सो अवसरमा प्रमुख अतिथी श्रेष्ठले भक्तपुर उद्योग वाणिज्य संघको स्मारिका २०८० विमोचन गर्नुका साथै अध्यक्ष मानन्धरका माता पितालाई सम्मानित गर्नु भएको थियो । ३६ औं वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरेसँगै सर्वसहमितले वरिष्ठ उपाध्यक्ष रोशनी धौबन्जाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ ।

https://www.facebook.com/janasanchartv/videos/900152908085155

https://www.facebook.com/janasanchartv/videos/356308803799231

https://www.facebook.com/janasanchartv/videos/909190457087368