अपाँगताको पहिचान र उच्च शिक्षासम्म निःशुल्क शिक्षा
भक्तपुर, असोज १२ गते
समानताका लागि आवाजले भक्तपुरका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्रारम्भिक अपांगता पहिचान सम्वन्धि दुई दिने तालिम आयोजना गरेको छ । जिल्लाका १० विद्यालयका २० जना प्रधानाध्यापक र शिक्षकहरुको सहभागितामा भएको सो तलिमले विद्यालयमा अपांगता भएकाहरुको पहिचान र तिनिहरुको पढाईमा पहुँचवृद्धिका लागि गर्नुपर्ने अपांग मैत्री व्यवहार र ब्यवस्थापन सम्बन्धि ब्यवहारिक अभ्यास र तालिम तथा अनुभव आदानप्रदान गर्दै सो तालिम दिएको शिक्षक जीवन सुवालले जनाए । सो तालिमले प्रारम्भिक बालबालिका कक्षा देखि बालबालिकाको कार्यगत सिमितताको पहिचान गर्न सकिने भएको उहाँले बताए । अपांगता भएका बालबालिकामा सूचनाको पहुँचवृद्धिबाट शिक्षण सिकाईमा समेत जोड दिएको थियो ।
प्रशिक्षक राजु आर्याय, प्रमिला हुमागाई, रमा ढकाल र रिता श्रेष्ठले तालिमको उदेश्यमाथि प्रकाश पार्दै तालिम प्रदान गरेको थियो । तालिमले अपाँगताको पहिचान, अपांगताको आधारमा तिनीहरुलाई राज्यले दिएका सुविधाहरु विद्यालयस्तरमा के कसरी प्रभावकारी कार्यान्वयन गर्न र अपाँगता भएका बालबालिकाको उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउन सकिन्छ भन्ने विषयमा छलफल, परामर्श, पैरवी तथा तालिम एवं अनुभव आदान प्रदान गरेको थियो ।