विद्याश्रममा रहेर पनि ४० लाख सहयोग गर्ने मनकारी जयन्तकुमार पौड्यल सम्मानित

विद्याश्रममा रहेर पनि ४० लाख सहयोग गर्ने मनकारी जयन्तकुमार पौड्यल सम्मानित

भक्तपुर, पुस २२ गते
मनकारी व्यक्तित्व जयन्तकुमार पौडेल आज सम्मानित भएका छन् । जेहन्दार र गरिव विद्यार्थीहरुकालागि जयन्तकुमार पौडेल छात्रवृत्ति कोष स्थापना गरी शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको उपलक्ष्यमा आज उहाँलाई सम्मानित गरेको हो । उहाँले आदर्श आजाद मावि, बासु मावि र बागीश्वरी माविमा अध्ययनरत कक्षा ९ देखि १२ का जेहेन्दार गरिव विद्यार्थीहरुकालागि रु. १०।१० लाख रुपैयाँ राशीको छात्रवृत्तिकोष स्थापना गर्नुका साथै ख्वप अस्पतालकोलागि रु. १० लाख सहयोग गर्नु भएको थियो ।


आज आर्दश आजाद मा.वि.मा आयोजित एक समारोह बीच शिक्षा सेवी पौड्यल सम्मानित भएका हुन । मनकारी शिक्षासेवी पौडेल हाल शिद्धि शालिग्राम विद्याश्रममा बस्दै आउनु भएको छ । विद्याश्रममा बसेर पनि उहाँले शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योगदान गरेको भन्दै उहाँलाई आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी, बागीश्वरी माविका प्र.अ. कृष्णप्रसाद धन्छा, बासुमाविका प्र.अ. अम्विका न्याईच्याई, ख्वप अस्पतालका मेडिकल डाइरेकटर मजेसप्रताप मल्लका साथै भनपा २का वडाध्यक्ष हरिप्रसाद बासुकला, समाजसेवी सत्यनारायण दिदिया सहितका अतिथीहरुले ताम्रपत्र सहित सम्मानित गरेका हुन ।