त:मुज्याद्वारा सांस्कृतिककर्मीहरु पुरस्कृत
भक्तपुर,मंसिर ९ गते
जनता बाचे भाषा बाच्छ भन्ने उद्घोषका साथ नेपाल भाषा साहित्य त:मूज्याले हालै आयोजना गरेको ४३औ त:मूज्याका विजयी सांस्कृतिक टोलीहरुलाई आज पुरस्कार वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा न्हु दँया भिन्तुना र्यालीमा सहभागि सांस्कृतिक टोलीहरुलाई समेत अतिथीहरुले मायाको चिन्ह प्रदान गरेका थिए । सम्हे बजी कार्यक्रम सहितको त:मुज्याको पुरस्कार वितराण समारोहलाई सम्बोधन गर्दै नेमकिपा अध्यक्ष विजुक्छेले साम्राज्यवादी देशहरुको अन्याय विरुद्ध संसारभरका कम्यूनिष्टहरु आन्दोलनमा रहेको चर्चा गर्दै अन्याय विरुद्ध लड्न सकेन भने साम्राज्यबादी शासकहरुले बाँकी नराख्ने धारणा राख्नु भयो । अध्यक्ष विजुक्छेले कितावमा लेखेर, अखवारमा छापेर, जुलुस गरेर साम्राज्यवादीहरुले देश विदेशमा गरेको हमला विरुद्ध नेमकिपा निरन्तर आन्दोलनमा रहेको स्मरण गर्नु भयो । अध्यक्ष विजुक्छेले भन्नु भयो साम्राज्यवादीहरुको अन्यायविरुद्धको निरन्तरको आन्दोलनले गर्दा भक्तपुर क्रान्तिकारीहरुको भूमि भएकोले भक्तपुर आउनमा पनि गर्व गर्ने माहोल बढेको बताउनु भयो ।


कार्यक्रममा नेमकिपा सचिव सांसद प्रेम सुवाल, भनपा प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश संसद सुरेन्द्रराज गोसाई, सृजना संैंजू, ख्वप अस्पतालका प्रमुख डा. मजेसप्रताप मल्ल, त:मुज्याका अध्यक्ष आसाकुमार चिकंबन्जार सहितका बक्ताहरुले हालै सम्पन्न त:जुज्याको समीक्षा गर्दै समसामयिक शिक्षा, सवास्थ्य, सांस्कृतिक तथा राजनीतक विषयहरुमा आआफ्नो धारणा व्यक्त गरेका थिए । साथै सो अवसरमा नेपाल भाषा साहित्य त:मुज्याको काभ्रेको बनेपामा पहिलो सृंखला मंसिर ११ गते आयोजनाको तयारी भएको जानकारी दिएको छ ।
https://www.facebook.com/suresh.sainju.1/videos/1725163718007185












