समय साकोसको १३औ वार्षिक साधारणसभा सम्पन्न: नयाँ पुस्तालाई विकृति र विसंगतिबाट बचाउन सांसद सुवालको आग्रह
भक्तपुर ९ मंसिर । नेमकिपाका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालको प्रमुख आतिथ्यतामा समय बचत तथा ऋण सहकारी संस्था लि.को १३औ वार्षिक साधारणसभा तथा चौथौं निर्वाचन कार्यक्रम भव्यताका साथ स्थानीय महेश्वरी बैक्वेत,भक्तपुरमा सम्पन्न भयो । सभाको उद्घाटन गदै प्रमुख अतिथि सांसद सुवालले देशको ७७ जिल्ला मध्ये २७ जिल्लाका सहकारी संस्थामा समस्या देखा परेको बताउनु भयो । त्यसरी समस्या भएको सहकारीहरु प्राय शहरी इलाकामा रहेको तथा घर जग्गा तथा शेयरमा धेरै लगानी गरेको बताए । साथै उहाँले सहकारी मार्फत हामी गरिवीको रेखामुनि रहेकोले गरिवको लागि कम लागतमा घर बनाउने प्रविधि विकास गर्नु पर्ने बताउनु भयो । सांसद सुवालले हाम्रो अर्थतन्त्र आयातमुखी र भारतिय एकाधिकारमा निर्भर रहनुु राष्ट्रको हितमा नरहेको बताउनुभयो । त्यस्तै उहाँले विश्व अर्थतन्त्रमा ७५% हिसा सेवा उद्योग (पर्यटन उद्योग) को भएको र हामीले पनि सेवा उद्योग खोल्नु पर्ने तथा नयाँ पुस्तालाई विकृति र विसंगतिबाट बचाउन सहकारी संस्थाहरुले पनि आवश्यक कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिनु भयोे ।


संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूको सभापतित्वमा भएको सो साधारण सभामा भनपा ८ नं वडाका वडाअध्यक्ष श्री कृष्णप्रसाद कोजुले स्थानीय तह भन्दा बाहिरका व्यक्तिले सहकारी संस्था खोलि त्यसमा स्थानिय तहका व्यक्ति कर्मचारी बनाई स्थानिय बचत रकम लिई भाग्ने गरेको घट्ना बढदै गरेकोले त्यसमा हामी सबैले चनाखो भई सहकारी पहिचान गरेर मात्रै कारोवार गर्न सहभागिहरु माझ सुझाब दिनु भयो ।
८ न.का पुर्व वडा अध्यक्ष महेन्द्र खायमलीले स्थानिय तहले आवश्यक परेको समयमा निक्षेपकर्ता बचतकर्ताको बचत सुरक्षाको लागि हस्तक्षेप गरी समस्याग्रस्त हुनुभन्दा अगाडि नै आफ्नो नियन्त्रणमा लिई कोष नपुग भएमा सो कोष स्थानिय तहले दायित्व बहन गर्न लगाउनुपर्ने ऐन कानुन बनाउनु पर्ने सल्लाह दिनु भयो ।
मित्र सहकारीहरुको तर्फबाट सिद्धी गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाजुले सदस्यहरु साधारण सभामा उपस्थित हुनु पर्ने, उपस्थिति खर्च पाउने लोभमा मात्र साधारण सभामा उपस्थित हुने बानीमा सुधार गदै लानु पर्ने बताउँदै संस्थाले सहकारी शिक्षा दिदै जनमानसमा सहकारीको चेतनास्तर बृद्धि गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन उपसमितिका संयोजक बाबुकाजी गाईजुले निर्विरोध निर्वाचित सबै पदाधिकारीहरुलाई बधाई दिन्दै निर्वाचन गतिविधि बारे बताउनु भयो ।
संस्थाका अध्यक्ष बेकोजूूले संचालन गर्नु भएको दोश्रो चरणको बन्द सत्रमा क्रमश: शिक्षा उपसमितिको संयोजक लक्ष्मीप्रसाद गाईजू, ऋण उपसमितिको संयोजक चन्द्रकृष्ण ग्वाछा, लेखा सुपरिवेक्षण संयोजक राकेश शिवहरी, कोषाध्यक्ष रामसुन्बदर भैनात्व तथा सचिवलक्ष्मीप्रसाद छुस्यावगले आ– आफ्नो वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाको अध्यक्ष श्यामसुन्दर बेकोजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा श्यामसुन्दर बेकोजु ज्यूको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र विक्रम धुकुछुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको यस कार्यक्रममा क्रमश: संचालक सदस्य श्री चन्द्रकृष्ण ग्वाछा ले स्वागत मन्तव्य, सचिव श्री लक्ष्मीप्रसाद छुस्यावबगले कार्यक्रम संचालन गर्नुभएको थियो ।
१३ औं साधारण सभाको अवसरमा प्रमुख अतिथी सांसद प्रेम सुवालले संस्थाका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मानित गरेको थियो भने संस्थाका असल ऋणी तथा बचत कर्ता एवं विभिन्न तालिमका प्रशिक्षार्थी तथा एसईई सहित विभिन्न तह उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानित गर्नुका साथै सहभागिहरु बीच चिठ्ठा कार्यक्रम गरी घडि उपाहार प्रदान गरेको थियो ।














