बनेपामा पनि पहिलो पटक मंसिर ११ गते त:मुज्या हुने
बनेपा, मंसिर १० गते
काभ्रेपलाञ्चोकको बनेपामा पनि नेपाल भाषा साहित्य त:मुज्याको पहिलो सृखला आयोजना हुने भएको छ । भक्तपुर नगरका विभिन्न क्षेत्रमा प्रस्तुत हुँदै आएको त:मुज्या बनेपामा यस वर्ष देखि हुने भएको छ । त:मुज्याको तयारी पुरा गरेको भन्दै आयोजक समितिका ओम मानन्धरले बनेपामा पहिलोपटक त:मुज्या भव्य रुपमा मनाउने तयारी भएको जनाएको छ । भोलि मंसिर ११ गते विहान ११ बजे बनेपामा त:मुज्याको पहिलो सृखला सुरु हुने उहाँले बताए । त:मुज्यामा दिनभर साहित्य वाचन, अतिथीहरुको मन्तव्यका साथै साँझ सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने बताएको छ ।















