स्काउटले गर्यो, जनसञ्चारलाई सम्मान

स्काउटले गर्यो जनसञ्चारलाई सम्मान
भक्तपुर, मंसिर ८ गते
भक्तपुर स्काउटको एक टोलिले रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनलाई सम्मानित गरेको छ । सम्मान पत्रका साथ पत्रकारहरुलाई सम्मानित गर्नेक्रममा रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनका संचालक सुरेशप्रसाद सायंजूलाई फूलको माला र कदर पत्रद्वारा सम्मानित गरेका हुन भने अर्का सञ्चारकर्मी कृष्ण किसी र हरी सुन्दर छुकांलाई पनि स्काउट गतिविधिलाई प्राथमिकताका साथ प्रचार प्रसार गरेको भन्दै सो अवसरमा सम्मानित गरेको थियो ।


स्काउट शिक्षा अनुसार भक्तपुर जिल्लाका चाँगु नारायण नगरपालिका वडा नं. ७ स्थित बागेहिनीमा विद्यालयस्तरीय खाना पकाउने प्रतियोगिता आयोजना गर्दै ग्लोवल एकेडेमी स्काउट टु«पले उत्कृष्ठ पेट्रोलहरुलाई पुरस्कृत र सहभागिहरुलाई व्याच वितरण गर्दैे आयोजित समारोहमा पत्रकारहरु पनि सम्मानित भएका हुन । पत्रकारहरुलाई फूलमाला र कदर पत्रद्वारा सम्मानित गर्दै नेपाल स्काउट बागमती प्रदेशका अध्यक्ष शिवराम अर्यालले सफल जीवनकालागि स्काउट शिक्षाको महत्व बारे चर्चा गरेका थिए भने वरिष्ठ प्रशिक्षक रामगोपाल कर्माचार्यले आफ्नो स्काउट शिक्षा विनाको बाल्यकाल र स्काउट शिक्षा लिएपछि आफ्नो जीवनमा आएको परिवर्तनबारे जानकारी दिदै स्काउट शिक्षालाई व्यवहारमा उत्तार्न आग्रह गर्नु भयो ।


कार्यक्रम संयोजक जीवन सुवालले भक्तपुर जिल्लाका ५ वटा विद्यालयका छात्र छात्र १०।१० वटा स्काउट ट्रुपका १६० विद्यार्थीहरुलाई सामूहिक खाना पकाउने सिप प्रदान गरी सोही अनुसारको तयारीका साथ एउटै स्थानमा भेला गरी समूहगत रुपमा दाल, भात, तरकारी, अचार पकाउने अभ्यास गराएको बताए । यस्तो खालको तालिमले विद्यार्थीहरु आपत विपदमा होसया अन्य दैनिक जीवनमा पनि आफैले खाना पकाएर खान, खुवाउ सक्ने बन्न सो प्रतियोगिता आयोजना गरेको बताए । कार्यक्रममा मध्यपुर थिमी नगरपालिका स्काउटका प्रमुख तुल्सीहरी प्रजापति, नेपाल स्काउट बागमती प्रदेशका सामुदायिक विकास आयुक्त धर्मभक्त , स्काउटका राष्ट्रिय प्रशिक्षक पवन बल्ल, प्रशिक्षक निर्जला प्रजापति, रत्ना चवाल, आयोजक ग्लोवल स्कूलका पिन्सिपल कृष्णभक्त ङाखुसी सहितले स्काउट शिक्षालाई तालिममा मात्र सिमित नगरी दैनिक जीवनमा पनि सधै उपयोग गर्नु जानुपर्नेमा आग्रह गर्दै आआफ्नो धारणा व्यक्त गरेका थिए ।प्रतियोगितामा छात्र तर्फ लायन्स ट्रुप र छात्रा तर्फ प्रसद्धि ट्रुप पहिलो भएको थियो ।