हाते साबुन र सर्व बनाउने तालिम पाएपछि भक्तपुरका स्थानीय समुदाय परे दंग

भक्तपुर, माघ २२ गने
हाते सावुन र सर्ब बाउने तालिम पाएपछि भक्तपुरका स्थानीय समुदाय दंग परेका छन् । अनपढ, अपांग, दलित  र एकल महिला तथा न्यून आय भएका समूहलाई नेपाल रेडक्रस सोसाईटी भक्तपुरको उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमले एक महिनासम्म सो तालिम दिएपछि तिनीहरु आफैले साबुन र सर्ब बनाउन सक्ने भएपछि त्यसलाई व्यवसायिक रुपले उत्पादन गर्न उत्साहित भएका छन् । आफैले काम गरी स्वरोजगार पाउने तथा आफै लगानीकर्ता र मालिक हुने मात्र होइन समूहमा काम गरी आयआजन गर्न सकिने भएकोमा खुसि भएका हुन । भक्तपुर नगरपालिकाका २८ जनालाई गत पुस २८ गते देखि दिएको सो तालिमले हाते डले साबुन एवं झोल साबुन समेत बनाउन जानी सकेकाले थप स्याम्पु र हरपिक बनाउन पनि इच्छुक देखिएका छन् । सिकेका सिपलाई सदुपयोग गरी जीविकोपार्जनका लागि सहयोगि हुनेमा तिनीहरुका आत्म विश्वास जागेको सहभागिहरुले बताएका छन् । स्योर कार्यक्रमको आयोजनामा र यूसेफ सानो थिमीको प्राविधिक सहयोगमा भएको सो तालिमको आज संयुक्त रुपमा तालिम नियमन गरेको थियो । सो अवसरमा तालिममा सिकेका सिपलाई व्यवसायिक रुपले उयोग गरी आफ्नो जीवन शैली सुधार गर्न नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले सहभागिहरुलाई सुझाव दिनु भयो ।

बजारमा पाइने सावुन भन्दा पनि गुणस्तरीय र कम शुल्कमा घर मै बनाउन सकिने भएकाले यस्तो तालिमहरु दिन्दै आएको प्रशिक्षक सजना नकर्मि बताउँछन् । आजभोली उहाँलाई तालिम दिन भ्याइ नभ्याई भएको छ । त्यसैले विहानको समयमा पनि भक्तपुर लिवालीसम्म आएर पनि तालिम दिन थालेका हुन । सरसफाई, लुगा धुन र दैनिक जीवनका लागि उपयोगि सावुन र सर्व मात्र नभई आलु चिप, मिठाई, केक आदि विभिन्न उपभोगिय बस्तुहरु समेत उत्पादन गर्न सकिने गरी तालिम दिन सकिने उहाँको विचार छ । लगानी पनि धेरै नचाहिने, दक्ष जनशिक्ती पनि आफै मिलेर गर्ने भएकाले काम गरे अनुसार हाजिर गराएर ठोरै ठोरै लगानीबाट पनि आयआर्जन गर्न सकिने बताएका हुन ।
कमलविनायकका गोपाल भोमि दृष्टिबिहिन हुन । उहाँले पनि यो तालिम लिइ रहनु भएको छ । तालिम पाए पछि आफै उत्पादन गर्न सक्छु भन्ने विश्वास जागेको बताउँछन् यस्तै अर्का दृष्टिबिहिन सुरेश राज भण्डारीले डले साबुन सहित हरपिक र फिन्डेलको तालिमलाई ध्यान दिएको सिक्न चाहेको र आफूले सिकेका त्यो सिपलाई आफू जस्तै दृष्टिविहिनहरुलाई पनि सिकाउन चाहेको बताएका छन् । सावुन बनाउन पकाउँदा पोख्छ, पोल्छ भने लागेको थियो तर तरिका मिलाएर बनाउदा अरुलाई पनि सिकाउन सकिने उहाँको अनुभूति छ । एकल महिला चन्द्रमाया गणेजूले रमाइलो मानी मानी साबुन बनाउन सिकिसकेकी छन् । उहाँको दैनिक जीवनमा हरपिक र स्यांपु उपयोग हुने भएकाले यस्तो सामान बनाउने सिप सिक्नमा उहाँ इच्छुक हुनु हुन्छ ।

प्रशिक्षार्थीहरुले उत्पादन गरेका साबुन अतिथीहरुलाई उपहार प्रदान गर्दै

सावुन र सर्व भन्ने कुरा नै थाहा नपाएका पुणलक्ष्मि लेबाले बजारबाट किनेर ल्याएको सावुन टुक्रा टुक्रा भएर बिग्रिने गरेको, फिज नआउने गरेको अव आफैले बनाउन सिकेपछि के कारणले त्यस्तो हुने रहेछ भनेर जानी सकेको बताउँछन् । बजारबाट किनेको सावुनमा बोंसो मिसाएको हुने तर आफैले बनाउँदा पाम तेलको प्रयोगबाट बनाउने भएकाले अझ राम्रो भएको उहाँको अनुभव छ । समूह मिलेर थोरै थोरै लगानीमा सावुन उत्पादन गर्ने उहाँ योजनामा छिन । रेडक्रसका गतिविधिहरुमा सहभागि भएपछि धेरै कुरा सिकेको भन्दै माया ग्वाछा सिकेका कुरालाई व्यवहारमा उर्तान केही सहयोग आवश्यक भएको भन्दै सिकेको सिपलाई विकास गर्न सहयोगको अपेक्षा गर्नु भयो । एकमल चन्देश्वरी भैनात्व रेडक्रस गतिविधिमा लागेको ४ महिना जति मात्र भयो यसमा लागेपछि आफ्नो जीवनमा आएको परिवर्तनले उहाँ आफूलाई भाग्यमानी थानु हुन्छ । सबै दिदी बहिनी मिलेर सावुन बनाउने तालिम लिई रहेकी भैनात्वले समाज समाजमा व्यवसाय गरेर दुइचार पैसा कमाउन सकिने भएको विचार राख्दै अझ ठूलो व्यवसायको रुपमा विकास गर्न सकिने भन्दै यस्तो सिप अरुलाई पनि सिकाउन चाहेको बताएकी छिन । तालिमको नियमनमा रेडक्रस भक्तपुरका मन्त्री पर्शुराम पाण्डे, कोषाध्यक्ष प्रदिप केसी, स्योर कार्यक्रम भक्तपुरका संयोजक निलम ढुंगाना सहजकर्ता उद्धव नेपाल, सुजना कुसी समेत सहभागिता थिए ।