पहिलो पटक राष्ट्रिय रापिङ बुद्धिचाल च्याम्पियनसिप भक्तपुरमा भोलिबाट हुन्दै
भक्तपुर, कार्तिक १६ गते
भक्तपुरमा राष्ट्रिय रापिङ बुद्धिचाल च्याम्पियनसिप २०८० हुने भएको छ । कार्तिक १७ र १८ गते भक्तपुरमा दुई दिनसम्म राष्ट्रिय रापिङ बुद्धिचाल च्याम्पियनसिप २०८० हुने भएको हो । देशभरबाट ५ जना राष्ट्रिय च्याम्पियनशिल देखि स्थानीय महिला तथा बालबालिकाहरु सहित १२० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सुनिश्चित भइसकेको सो प्रतियोगिता देशमै पहिलो पटक आयोजना हुन गई रहेको बुद्धिचाल खेलका रेफ्रि निराजन प्रजापतिले जनाएको छ । उहाँले भने यो भन्दा पहिला परम्परागत शैलीमा चेस प्रतियोगिता हुने गरेको थियो यस पटक भक्तपुर साकोस राष्ट्रिय रापिङ रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० को तयारी पूरा भएको छ ।


आयोजक भक्तपुर साकोसले आफ्नो स्थापना दिवसको अवसरमा नेपाल बुद्धिचाल महासंघ, भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता आयोजना गरेको आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो।
भक्तपुर साकोस समुदायमा आधारित सहकारी भएको भन्दै संस्थाका अध्यक्ष निर्मल प्रजपतिले सामाजिक उत्तदारत्व अन्तर्गत सो प्रतियोगिता संस्थाको स्थापना दिवसको अवसरमा आयोजना हुने बताए ।


कार्तिक १७ गते शुक्रबार संस्थाको सभाहलमा आयोजना हुने प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्षबाट हुने र कार्तिक १८ गते शनिबार सम्पन्न हुने पुरस्कार वितरण समारोह भने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।
१ लाख २२ हजार पुरस्कार रकम छुट्याइएको सो प्रतियोगितामा प्रथम हुनेलाई रु.२५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार चौथो हुनेलाई रु.७ हजार गरी २६ जनालाई पुरस्कृत गर्ने आयोजक समितिको तयारी छ ।
स्विस लिग प्रणाली अनुसार ९ चरणको खेल हुनेछ । ाष्मभ बिधबक या ऋजभकक को नियमानुसार एब्एक्ष्म प्रतियोगिता १५ मिनेट १० सेकेण्डको हुने छ । सो च्याम्पियनसिपबाट उट्कृष्ठ खेलाडीहरुलाई एसियन च्याम्पियनसिप र ओल्र्ड च्याम्पियनसिपमा समेत खेल्ने अवसर मिल्ने आयोजकहरुको दाबी छ ।












