प्रहरीद्वारा मानिस पक्राउ

प्रहरीद्वारा मानिस पक्राउ
भक्तपुर, श्रावण १८ गते
भक्तपुर प्रहरीले भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आइ.सि.यु. कक्षमा भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक कुमार कार्कीले जनाएको छ । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं. ५ वस्ने वर्ष ३४ की जानकी तामाङ रहेको उल्लेख गर्दै तामाङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको कार्कीले जनाएको छ । सो घटना श्रावण १३ गते भएको थियो ।