सप्ताहव्यापि खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
भक्तपुर, १७ कार्तिक । नेपाल सम्बत ११४२ र तिहारको उपलक्ष्यमा रोम्बस सेकेण्डरी स्कूलको आयोजनमा सप्ताहव्यापि खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा बुधबार विद्यालयको प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण प्रजापतिले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दे विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा दिन अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकोले अभिभावक शिक्षा आवश्यक भएको बताउँदै अध्ययनको लागि विद्यार्थीहरुको आवश्यकता, पढ्ने वातावरण र घरायसी वतावरण लगायतले प्रभाव पार्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि अभिभावक, विद्यालय र शिक्षक शिक्षिकाको भुमिका महत्वपूर्ण हुने बताउँदै अहिलेका शिक्षा मन्त्रीलाई विद्यालय संचालनमा देखिएको समस्या, शिक्षकहरुको तलबको समस्या र अभिभावकहरुको शुल्कको समस्या सबै अभिभावकहरुमै आएर गुनासो गर्ने वा ठोकिने भएकोले यस सम्बन्धि नीति नियम र कानुन बनाउन सरोकारहरु आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यार्थीहरु विद्यालय छोडेर जाँड रक्सि र दुव्र्यसनिजस्ता कुलतमा फसिरहेकोले त्यसबाट जोगाउने खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले वातावरण प्रदुषण र पृथ्वीमा तापक्रम बृद्धिबारे संयुक्त राष्ट्रसंघको महासभामा छलफल भई रहेकोले वातावरणसंग अनुकुलन हुन नसके जीवन पनि समाप्त हुन सक्ने भएकोले खेलकुद र करसरले हाम्रो शरीरलाई अनुकुलन बनाउन सहयोग पुग्ने र शारीरिक व्यायामको कमिले सडक खाना, मिसावट र चिल्लोले दीर्घ रोगहरु क्यान्सर, मुटु रोग र मृगौला जस्ता उपचार एकदम मंहगो रोग लाग्न सक्ने भएकोले खेलकुदलाई जीवनको अभिन्न अंंगको रुपमा लानु पर्ने बताउनुभयो । उहाँले र विश्वभरि फैलिएको कोभिड १९ प्रतिरोधात्मक क्षमता नभएपछि लाग्ने भएकोले प्रतिरोधात्मक क्षमता बढाउन खेलकुद आवश्यक रहेको साथै अनुशासनको लागि समेत खेलकुद आवश्यक रहको बताउनु भयो । उहाँले विजय हासिल गर्ने विद्यार्थीहरुलाई बधाई दिंदै असफलता नै सफलताको चिन्ह हो भने झै सम्पूर्ण खेलाडीलाई फेरी सफलताको लागि शुभकामना दिनु भयो । उहाँले नर्याँ बर्ष ११४२ न्हुँद र तिहारको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्नु भयो ।
कार्यक्रममा अतिथि महेन्द्र ग्रामका पूर्व प्रध्यानाध्यापक रामशरण कार्कीले विद्यालयले सन्तानले पाउने माया प्रदान गरेको र विद्यार्थीहरुलाई रुचि बढाउन खेलकुद कार्यक्रम गर्नु भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल डा.राजेन्द्र कोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहयक प्रिन्सिपल पुनम राणा, अतिथि खेलकुद प्रशिक्षक युनिक कोजू पनि बोल्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













