डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने ।
डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रम मार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ । पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रम मार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोप आएपनि बाँकी १० लाख अझै आएको छैन । सुरुमा खोप लगाउन आनाकानी गरिरहेकाहरु अहिले कोरोना बिरुद्धको खोप लगाउने चाहना व्यक्त गरिरहेका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...












