साँगा बस दुर्घटनाका घाइते मध्ये ७ यात्रु डिसचार्ज
भक्तपुर, श्रावण ४ गते हिजो भएको साँगा बस दुर्घटनामा घाइते १० जना मध्ये ७ जना अस्पतालबाट डिसचार्ज भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । हिजो दिउँसो साँगाको झोलुंगे पुलनजिकै भएको दुर्घटनामा चालक सहित १० जना घाइते भएका थिए । घाइटे मध्ये चालक पुर्णबहादुर पाख्र्रिन, यात्रु रितिका श्रेष्ठ र अर्जुन खड्काको भने मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी सूचना अधिकारी बसन्त पाठकका अनुसार काठमाण्डौबाट धुलिखेल तर्फ जाँदै गरेको बा.४ ख, ९३९६ नंको बस साँगामा सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।









