खुकुरी मार्शल र्आट्स संघ बागमती प्रदेशमा नयाँ नेतृत्व चयन
भक्तपुर, असार ९ गते
नेपाल केन्पो खुकुरी मार्शल र्आट्स संघ बागमती प्रदेशको तेस्रो अधिवेशनले संगम लामाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमतिले निर्वाचित गरेको छ । आज भक्तपुरमा आयोजित तेस्रो बागमती प्रदेश भेलाले उपाध्यक्षमा केशव कवां, नविन बज्र लामा, महासचिवमा दिपक पाठक, सचिवमा तिर्थरत्न राजचल, कोषाध्यक्षमा कल्पना विश्वकर्मा र सदस्यहरुमा विज्वेल सुवाल, रामनभ सिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामाङ, पुष्पराज भट्टराई, नरेन्द्र महर्जन, निरा मानन्धर र राजाराम बासी रहेका छन् ।


राष्ट्रकालागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद नारालाई सार्थक बनाउने, स्वाधिन बनाउने सशक्त माध्यम खुकुरी मार्शल आर्ट्स संघ हुनुपर्नेमा जोड दिदै बागमती प्रदेशका सामाजिक विकास तथा खेलकूद मन्त्री कुमारी मोक्तान सो भेलाको एक समारोह बीच उद्घाटन गर्नु भएको थियो । सो भेलामा खुकुरी मार्शल आटर््सबाट विश्वभर देशको नाम चिनाउन सकिने धारणा राख्दै १० वर्षमा ३० लाख खेलाडी उत्पादन गर्ने योजनाका साथ खेल प्रशिक्षण र प्रतियोगिताहरु आयोजना गर्दै आएको केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनसञ्चार खवरलाई बताउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
बागमति प्रदेश समितिका अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको सो कार्यक्रममा संघका प्रमुख सल्लाहकार चुडादेव सिंह लामा, सल्लाहकार बलदेव तिमल्सेना, कृष्ण तामाङ, उपाध्यक्ष कुमार कार्की, मानदेव हजारी, महासचिव भरत गोदार, सचिव नेनदेव सिंह लामा, कोषाध्यक्ष संगम वाइवा, केन्द्रीय सदस्य राजकुमार लघु, प्रशिक्षक रामशरण त्वाती, लक्ष्मी अधिकारी सहितले खुकुरी र्माशल र्आट्सको विकास र प्रर्वधनका विभिन्न सवालहरुमा आआफ्नो धारणा ब्यक्र गरेका थिए ।

नवर्निर्वाचित पदाधिकारीहरुको आजै बसेको पहिलो बैठकले सात सदस्य सचिवालय गठन गर्नुका साथै जिल्ला इन्चार्जको जिम्मेबारी पनि प्रदान गरेको छ । १५ जना निर्वाचित पदाधिकारी सहित अन्य ६ जना मनोनयन गरी २१ जना पदाधिकारीको पूर्ण वागमती प्रदेश, नेपाल केन्पो खुकुरी मार्शल आटर््स संघ हुने संघको बैद्धानिक ब्यवस्था छ ।













