ऐतिहासिक भाजु पोखरीको पेटी संरक्षणकालागि आज जग खनियो !

ऐतिहासिक भाजु पोखरीको पेटी संरक्षणकालागि आज जग खनियो !
भक्तपुर, कार्तिक ७ गते
ऐतिहासिक भाजु पोखरीको पेटी संरक्षणकालागि आज जग खनेको छ । भक्तपुर नगरपालिकाले पोखरीको दक्षिणतर्फ भक्तपुर क्याम्पसले चर्चेको ऐतिहासिक पोखरीको क्षेत्रमा पर्खाल बनाएर संरक्षण गर्ने गरी आज सो क्षेत्रको सम्रचनाहरु पनि हटाएको छ । नापी नक्साले ओगटेको र सार्वजनिक क्षेत्र भन्दा पनि पोखरी घुम्न मिल्ने गरी पेटी निर्माण एवं ऐतिहासिक पोखरीको गेट समेत निर्माण गर्न लागेका हुन ।


क्याम्पस प्रमुख कविता लुईटेलका अनुसार आफू क्याम्पस प्रमुख भएर आएपछि भक्तपुर नगरपालिकाले दुई पटक पत्राचार गरी सो क्षेत्रको संरक्षण गर्न खोजेको भएपनि पछिल्लो चरणमा खवरै नगरी क्याम्पसको गेट, टारबार, खानेपानीको ट्यांकी हटायो उनले भनिन् । नगरपालिकाबाट प्राप्त पत्र त्रिभुवन विश्वविद्यालयमा पठाएर आफ्नो जिम्मेबारी पूरा गरेको क्याम्पस प्रमुखको भनाई छ । यद्यपी त्रिविबाट कुनै सुनुवाई भइनसकेको र यस हप्तामा पनि सो बारे छलफल भइरहँदा एक्कासी डोजर चलाएर क्याम्पसको सुरक्षामा चुनौती थपेको उहाँको आरोप छ । ऐतिहासिक पोखरी संरक्षणमा आफ्नो कुनै बिमति नभए पनि क्याम्पसले टारबार लगाई राखेको हुँदा त्रिविसँग अनुमति आवश्यक थानेको बताए । यद्यपी उहाँले स्थानीयको आग्रहमा क्याम्पसको पश्चिम क्षेत्रमा क्याम्पसको तर्फबाट बाटोको मापदण्ड आफैले छोड्न लगाएको बताइन ।


यता पोखरीको पर्खाल निर्माण उपभोक्ता समितिका संयोजक एवं पूर्वजनप्रतिनिधी लक्ष्मीनारायण राजलवतका अनुसार भाजु पोखरी पनि ऐतिहासिक सम्पदा र भक्तपुर क्याम्पस पनि जनताकै सम्पति भएकाले दुबैको संरक्षणकालागि भक्तपुर नगरपालिकाको ३६ लाख लागत इष्टिमेटमा ३ फिट गहिरो र ४ फिट उच्चाईको पर्खाल निर्माण कार्य सुरु गरेको बताए । भक्तपुर क्याम्पसले हस्तक्षेप गर्यो भन्ने आरोपमा के भन्नु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष राजलवतले भक्तपुर क्याम्पस २०१९ सालमा बनेको हो भने भाजु पोखरी ३ सय वर्ष भन्दा बढी पूरानो भएको भन्दै उहाँले २०२१को नापी नक्सा देखाउदै भने अहिले हामीले भक्तपुर क्याम्पस तर्फ प्रचलित नियमलाई भन्दा पनि २० फिटको ऐतिहासिक बाटो मात्रै बनाउन लागेका छौं । सो ऐतिहासिक बाटो नक्सामा प्रष्ट नै छ । यसमा विबाद गरी राख्नुपर्ने कुरा छैन । क्याम्पसको सिमा नक्सामा केही पनि भएको छैन । पोखरी र सार्वजनिक क्षेत्र खोज्ने हो भने अहिले बनाउन खोजेको पर्खाल भन्दा बढी क्षेत्र ओगत्नुपर्ने हुन्छ । पूर्व जनप्रतिनिधी समेत रहेका राजलवतले ऐतिहासिक जलेश्वर मन्दिर र भाजु पोखरीको संरक्षण र सौद्यकरणले भक्तपुर क्याम्पसको वातावरण समेत राम्रो हुने तथा आन्तरिक र बाह्य पर्यटक समेत बढ्ने विकास व्यक्त गर्दै छिटै पोखरीको पटी र पर्खाल परम्परागत शैलीमै बनाउने तयारी भएको बताए ।