कमलविनायक नगरकोट सडक पीडितको गुनासो : खै त समयमै मल दिएको ?
भक्तपुर, फार्गुण १८ गते
नौ वर्षसम्म पनि बन्न नसकेको कमलविनायक नगरकोट सडकको अनुगमणमा आएका उपप्रधानमन्त्री तथा भौतिकपूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई बाटो छेकेर स्थानीय जनताले ठेक्केदारलाई कार्वाही नगरेसम्म बाटो नबन्ने भन्दै विरोध जनाएका छन् । बाटो बनाउनेमा विरोध होइन, नौ नौ वर्षसम्म पनि अल्पत्र छोड्ने ठेक्केदारलाई कार्वाही नगरी ठेक्काको म्यादमात्र थप्दै रहने अनि मन्त्री आउने भनेपछि रातारात बाटो सम्याउने प्रथाको विरोध हो भन्दै बास्टोला टोलबासीहरुले अहिलेको ठेक्केदारलाई कार्बाही गरी ठेक्का रड गरेर अरुलाई नै जिम्मा नलगाएसम्म बाटो बन्ने विश्वास नभएको भन्दै स्थानीयले बिरोध जनाएका हुन । मन्त्री श्रेष्ठले अरु जस्तो आफू नभएको भन्दै विश्वास दिलाउन खोजे पनि तपाई जस्तै अरु मन्त्री, सांसद, सचिबहरु पनि बाटो निरिक्षण गरेर अब छिट्टै बाटो बन्छ भन्दै गए तर आज सम्म पनि बनेनन्, तपाई आएर कसरी बन्छ ? उपप्रधानमन्त्रीसमक्ष प्रश्नमाथि प्रश्न गर्न थालेपछि मन्त्री श्रेष्ठले स्थानीयलाई एकछिन आफ्नो कुरा सुन्न आग्रह गरे र पनि चुप नलागेका बास्टोलाबासीहरुलाई मन्त्री श्रेष्ठले यसो भए एकछिन बहुलाउन भन्दै पत्रकारहरु अगाडी उफ्रिन खोजेको आरोप लगाए । त्यसपछि झन पीडित जनताले मन्त्री माथि प्रश्न गर्न थाले कृषी प्रधान देशका हामी कृषकहरु दिनभर खोतमा जोत्छौं, हाम्रो हातमा उठेको ठेला हेर्नुस् मन्त्री ज्यू, हामीलाई समयमै रासायनिक मल दिएको खैं? तपाईहरु कुसीमा मात्र बस्ने हाम्रो समस्या कस्ले सुन्ने? तपाईकै पार्टीका अध्यक्ष प्रचण्डको घरबेटी ठेक्केदारलाई संरक्षण गरिरहेसम्म यो बाटो बन्दैन, बन्दै बन्दैन हाम्रो विरोध यसमा हो स्थानीय सुमन बास्टोलाले भने । बाटो नबन्दा होमस्टे पनि सञ्चालन गन सकिएन, धुलै धुलोले विभिन्न रोगहरु लाग्न थालिसक्यो, स्वासप्रश्वासमा समस्या आउन थालिसक्यो ८५ वर्षीय एक वृद्धले आफ्नो घाटी देखाउँदै भन्ने यो सरकारले अझै बाटो बनाईदिन्छ भन्ने विश्वास छैन ।
भक्तपुरको सल्लाघारी देखि कमलविनायक, खरिपाटी, टेलकोट हुँदै नगरकोट वसपार्कसम्मको बाटो निरिक्षण पश्चात उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै अब बिगतमा जस्तै नहुने, वर्ष, महिना, हप्ता पर्खन नपर्ने दिनहु काम भएर छिट्टै बाटो बन्ने बताए । यही फागुण मसान्तसम्मको म्याद रहेको भनिएको कमलविनायक नगरकोट सडक निर्माणमा ठेक्केदारले पनि अरुलाई नै ठेक्का लगाएको भन्दै आफ्नो ९० प्रतिशत काम सम्पन्न भएको ठेक्केदारका एक प्रतिनिधीले प्रतिकृया दिए । यद्यपी कालोपत्र भएका बाटोहरुसमेत बिग्रे भत्कि रहेकाले अहिले बदै गरेको बाटो कमसल रहेको भन्दै चाँगुनारायण नगरपालिका वडा नम्वर ६का वडाध्यक्ष धनबहादुर लामाले वर्षौसम्म बाटो नबन्दा सडकमा आएर कार्यालय समेत सञ्चालन गरेर विरोध गर्दा पनि सुनुवाई नभएको कुरा सुनाए । अहिलेसम्मकै उच्च तह उपप्रधानमन्त्री आएर बाटो निर्माणको निरिक्षण गरेको छ अब त केही होला भन्ने अपेक्षा रहेको जनप्रतिनिधी लामाले जनाए ।
प्रतिबधता जनाएको महिना दिनमा पनि बाटो निर्माण पूरा नगरे अब सम्झौता तोड्ने मन्त्री श्रेष्ठले आश्वासन दिन्दै कमलविनायक नगरकोट बाटो निरिक्षण सम्पन्न गरेको थियोे । सो अवसरमा मन्त्री श्रेष्ठले भन्ने “ठेक्केदार घरबेटी भन्नेर बस्दैनौ, सम्झौता हेर्ने हो सम्झौता अनुसार काम भएन भने सम्झौता रड गरेर अरु विकल्प खोज्ने हो । अब कमलविनायक नगरकोट बाटो छिटै बनाई दिने हो ।”
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














