कमलविनायक नगरकोट सडक पीडितको गुनासो : खै त समयमै मल दिएको ?
भक्तपुर, फार्गुण १८ गते
नौ वर्षसम्म पनि बन्न नसकेको कमलविनायक नगरकोट सडकको अनुगमणमा आएका उपप्रधानमन्त्री तथा भौतिकपूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई बाटो छेकेर स्थानीय जनताले ठेक्केदारलाई कार्वाही नगरेसम्म बाटो नबन्ने भन्दै विरोध जनाएका छन् । बाटो बनाउनेमा विरोध होइन, नौ नौ वर्षसम्म पनि अल्पत्र छोड्ने ठेक्केदारलाई कार्वाही नगरी ठेक्काको म्यादमात्र थप्दै रहने अनि मन्त्री आउने भनेपछि रातारात बाटो सम्याउने प्रथाको विरोध हो भन्दै बास्टोला टोलबासीहरुले अहिलेको ठेक्केदारलाई कार्बाही गरी ठेक्का रड गरेर अरुलाई नै जिम्मा नलगाएसम्म बाटो बन्ने विश्वास नभएको भन्दै स्थानीयले बिरोध जनाएका हुन । मन्त्री श्रेष्ठले अरु जस्तो आफू नभएको भन्दै विश्वास दिलाउन खोजे पनि तपाई जस्तै अरु मन्त्री, सांसद, सचिबहरु पनि बाटो निरिक्षण गरेर अब छिट्टै बाटो बन्छ भन्दै गए तर आज सम्म पनि बनेनन्, तपाई आएर कसरी बन्छ ? उपप्रधानमन्त्रीसमक्ष प्रश्नमाथि प्रश्न गर्न थालेपछि मन्त्री श्रेष्ठले स्थानीयलाई एकछिन आफ्नो कुरा सुन्न आग्रह गरे र पनि चुप नलागेका बास्टोलाबासीहरुलाई मन्त्री श्रेष्ठले यसो भए एकछिन बहुलाउन भन्दै पत्रकारहरु अगाडी उफ्रिन खोजेको आरोप लगाए । त्यसपछि झन पीडित जनताले मन्त्री माथि प्रश्न गर्न थाले कृषी प्रधान देशका हामी कृषकहरु दिनभर खोतमा जोत्छौं, हाम्रो हातमा उठेको ठेला हेर्नुस् मन्त्री ज्यू, हामीलाई समयमै रासायनिक मल दिएको खैं? तपाईहरु कुसीमा मात्र बस्ने हाम्रो समस्या कस्ले सुन्ने? तपाईकै पार्टीका अध्यक्ष प्रचण्डको घरबेटी ठेक्केदारलाई संरक्षण गरिरहेसम्म यो बाटो बन्दैन, बन्दै बन्दैन हाम्रो विरोध यसमा हो स्थानीय सुमन बास्टोलाले भने । बाटो नबन्दा होमस्टे पनि सञ्चालन गन सकिएन, धुलै धुलोले विभिन्न रोगहरु लाग्न थालिसक्यो, स्वासप्रश्वासमा समस्या आउन थालिसक्यो ८५ वर्षीय एक वृद्धले आफ्नो घाटी देखाउँदै भन्ने यो सरकारले अझै बाटो बनाईदिन्छ भन्ने विश्वास छैन ।
भक्तपुरको सल्लाघारी देखि कमलविनायक, खरिपाटी, टेलकोट हुँदै नगरकोट वसपार्कसम्मको बाटो निरिक्षण पश्चात उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै अब बिगतमा जस्तै नहुने, वर्ष, महिना, हप्ता पर्खन नपर्ने दिनहु काम भएर छिट्टै बाटो बन्ने बताए । यही फागुण मसान्तसम्मको म्याद रहेको भनिएको कमलविनायक नगरकोट सडक निर्माणमा ठेक्केदारले पनि अरुलाई नै ठेक्का लगाएको भन्दै आफ्नो ९० प्रतिशत काम सम्पन्न भएको ठेक्केदारका एक प्रतिनिधीले प्रतिकृया दिए । यद्यपी कालोपत्र भएका बाटोहरुसमेत बिग्रे भत्कि रहेकाले अहिले बदै गरेको बाटो कमसल रहेको भन्दै चाँगुनारायण नगरपालिका वडा नम्वर ६का वडाध्यक्ष धनबहादुर लामाले वर्षौसम्म बाटो नबन्दा सडकमा आएर कार्यालय समेत सञ्चालन गरेर विरोध गर्दा पनि सुनुवाई नभएको कुरा सुनाए । अहिलेसम्मकै उच्च तह उपप्रधानमन्त्री आएर बाटो निर्माणको निरिक्षण गरेको छ अब त केही होला भन्ने अपेक्षा रहेको जनप्रतिनिधी लामाले जनाए ।
प्रतिबधता जनाएको महिना दिनमा पनि बाटो निर्माण पूरा नगरे अब सम्झौता तोड्ने मन्त्री श्रेष्ठले आश्वासन दिन्दै कमलविनायक नगरकोट बाटो निरिक्षण सम्पन्न गरेको थियोे । सो अवसरमा मन्त्री श्रेष्ठले भन्ने “ठेक्केदार घरबेटी भन्नेर बस्दैनौ, सम्झौता हेर्ने हो सम्झौता अनुसार काम भएन भने सम्झौता रड गरेर अरु विकल्प खोज्ने हो । अब कमलविनायक नगरकोट बाटो छिटै बनाई दिने हो ।”
Featured Posts – Style 1
भक्तपुरमा आदर्श दाइजो रहित विवाह सम्पन्न
2026-09-14 Comments Off on भक्तपुरमा आदर्श दाइजो रहित विवाह सम्पन्न
भक्तपुरमा आदर्श दाइजो रहित विवाह सम्पन्न भाद्र २७, २०८३ भक्तपुर। पूर्णब्रह्म कबीर उपासक समाज नेपालको संयोजनमा भक्तपुर नामदान केन्द्र, सिर्जना...
4G Electronics Security Traders द्वारा AI र एडभान्स नेटवर्किङ सम्बन्धी प्राविधिक कार्यक्रम सम्पन्न
2026-09-13 Comments Off on 4G Electronics Security Traders द्वारा AI र एडभान्स नेटवर्किङ सम्बन्धी प्राविधिक कार्यक्रम सम्पन्न
4G Electronics Security Traders द्वारा AI र एडभान्स नेटवर्किङ सम्बन्धी प्राविधिक कार्यक्रम सम्पन्न भक्तपुर। नेटवर्किङ तथा इलेक्ट्रोनिक सेक्युरिटी क्षेत्रमा कार्यरत...
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
2026-09-12 Comments Off on चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९,...
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
2026-09-12 Comments Off on पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान भक्तपुर। जग्गा दलालहरूले हकवालाको मञ्जुरीबिनै बेचबिखन गरेको जग्गा पत्रकारहरूको...
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
2026-09-12 Comments Off on छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा) भक्तपुर। ‘स्वास्थ्यका लागि...














