टिआई नेपालद्वारा भक्तपुरमा जलवायु परिवर्तनका इस्युहरुको खोजी
भक्तपुर, कार्तिक ९ गते
“जलवायु संरक्षण गरौं, जलवायुमा हुने लगानी भ्रष्टाचारमुक्त बनाऔं” भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)ले भक्तपुर जिल्लाको जलवायु परिवर्तनका एजेण्डाहरुको खोजि गरेका छन् । मुलुककै सानो जिल्ला भक्तपुरमा भएको जलवायु परिवर्तनका असरहरु बारे चर्चा गर्दै टिआई नेपालका अध्यक्ष पद्यीनी प्रधानांगले प्राकृतिक विपतिहरु बढ्नु, टुसारो नपर्नु, जाडो घट्नु, हिउँद याममा पनि बढी पानी पर्नु लगायतले जनजीवनमा पारेका असरहरु बारे स्थानीय समुदायमा सचेतना नपुगेको उल्लेख गर्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई यस विषयमा कलम चलाउन आग्रह गरे । अध्यक्ष प्रधानांगले केन्द्र, प्रदेश र स्थानीय तहहरुले जलवायु संरक्षणका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको भए पनि यस विषयमा सन्तोषजनकरुपमा काम हुन नसकेको बेला पत्रकारीता क्षेत्रबाट उजागर गर्नुपर्ने बताए । दक्षिण एसियाको जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रियस्तरबाट नेपालको अध्ययन भइरहेकाले बास्तविक विषयहरुमा छलफल हुनुपर्नेमा अध्यक्ष प्रधानांगले जोड दिए ।
सहभागि पत्रकारहरुले जिल्लामा धेरै किसिमबाट जलवायु परिवर्तनका एजेण्डा भए पनि यस विषयमा नियमित रुपमा कलम चलाउन नसकेको बताए । जथाभावि प्लटिंग, विकास निमार्णको नाममा डोजर आतंक, खानी सञ्चालन, इटा भट्टा, ट्राफिक प्रदुर्षणहरु नै मुख्य एजेण्डा भएको चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले बढ्दो जनघनत्वका कारण पनि काठमाण्डौ उपत्यकाको जलवायुमा नकारात्मक प्रभाव परिरहेको विश्लेषण गर्दै पत्रकारहरुले न्यूनटम पारिश्रमिक पाउन नसक्दा पनि गुणस्तरीय रिर्पोटिग हुन नसकेको उल्लेख गरे । नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुरका अध्यक्ष एवं पत्रकार राम तमखुले जलवायु परिवर्तनका विषयमा रिपोर्टिग गर्दा बन्द भएका खानीहरु अहिले पनि लुकिछिपि सञ्चालनमा रहेको बताए । नागरिक दैनिकका कृष्ण किसी, कान्तिपुर टिभीका सुन्दर शिल्पकार, आयोमेलका रेणु त्वायना, सुनिता गांसि, हरिसुन्दर छुकां, दिनेश खड्की, अनिल फोजू लगायतका पत्रकारहरुले अव्यवस्थित रुपमा, विना अनुमति पनि दिन रात खानीहरु सञ्चालन हुनु, जग्गा प्लटिंग, जथाभावि डांडाकाडा सम्याउनु लगायतले मिलोमत्तोमा जलवायुमा असर पार्ने कार्य भइरहेको छ, यसबाट कृषि उत्पादनमा पनि ह्रास आएको छ भन्नु भयो । उहाँहरुले थप्नु भयो भक्तपुरको जलवायु प्रर्दुषणका मुख्य कारण ईटा भट्टा संचालन पनि हो ।
रेडियोजनसञ्चारका सुरेश प्रसाद सायंजूले जलवायु परिवर्तनका विषयहरु आम समुदायको जीवनशैलीमा आएको परिवर्तन पनि भएको बताउँदै जलवायु परिवर्तनका विषयहरु बारे सरोकारवाला निकायहरु बीच छलफलको विषय हुनुपर्ने बताए । ईटटा भट्टाहरु उद्योग विभागको मापदण्ड अनुसार सञ्चालन भइरहेको व्यवसायीहरु बताउँछन् पत्रकारले इस्यु मात्र समाधान देखिएन यस विषयका विज्ञहरुले यस विषयमा नीति र प्रविधिगतरुपमा आवश्यक सुधारको लागि पनि पहल हुनुपर्यो भन्नु भयो । गत वर्ष भट्टा सञ्चालन नभएको बेला काठमाण्डौ उपत्यका संसारकै प्रदुर्षित शहर कहलिने गरी वातावरण प्रदुर्षण हुनुले यस विषयमा अन्य कारणहरुको पनि गहणरुपले अध्ययन हुनुपर्ने देखिएको बताए । कार्यक्रमका संयोजक प्रकृति श्री अधिकारीले टिआई नेपालले जलवायु संरक्षणका नीति र कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिनु भयो । यस विषयका एजेण्डाहरुको अध्ययन गर्दै आएको बताउँदै उहाँले भक्तपुरका पत्रकारहरुले उठाएका विषयहरुलाई लिएर स्थानीय तह, प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने बताउनु भयो भने टिआई नेपालका शारदा नेपालीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














