भक्तपुर कप २०७९मा अयोजक टिमले गर्यो जितको सुरुवात
भक्तपुर, फाल्गुण ५ गते
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालद्वारा आज महेश्वरी खेल मैदानमा झण्डातोलन गरी उद्घाटन गर्नु भएको भक्तपुर कप २०७९मा आयोजक भक्तपुर युवा टिमले २ का विरुद्ध ४ गोल गरी बौद्ध एफसी माथि जितेर प्रतियाेतामा विजयी सुरुवात गरेको छ । रेफ्रिलाई प्रमुख अतिथी सांसद सुवालले बल हस्तान्तरण गरी भक्तपुर कप २०७९को पहिलो खेल सुरु भएको थियो । १६ वटा टिम सहभागि रहेको भक्तपुर कपको दोस्रो दिन शनिबार तीन वटा खेलहरु हुने आयोजक समितिले जनाएको छ । शनिबार सूर्यविनायक नगरपालिक विरुद्ध सोल्टी नेपाल, सिद्धि गणेश खेलकूद समिति विरुद्ध हेल्टी फुट्सल, केदारनाथ साकोस विरुद्ध पि.एफसी पाडुबजार बीच खेल हुने छ । शनिबार विहान ८ः३० बजे देखि प्रतियाेता हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद सुवालले देशको सार्वभौमिकता रक्षा गर्न युवाहरुलाई सैनिक तालिम दिनुपर्नेमा जोड दिनु भयो । एमसीसी, एसपीपी जस्तो अमेरिकी कानून मान्नुपर्ने सन्धि सम्झौसहित बैदेशिक हस्तक्षप विरुद्ध लड्न युवाहरुलाई तयारी अवस्थामा राख्न अहिल्यै सेनामै भर्ना नगरिए पनि शैनिक तालिमको आवश्यकता भएकोमा जोड दिदै सांसद सुवालले खेलकूद मार्फत पनि युवाहरुलाई अनुशासित र स्वस्थ पार्न सकिने बताउनु भयो । कार्यक्रममा युवा टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवाहरु विक्रिति विसंगतिमा नफसोस भन्नका लागि, खेल र खेलाडीको विकासका लागि टिमले स्थापना काल देखिनै प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनु भयो । कार्यक्रममा भनपा ७का वडाध्यक्ष उकेश कवां, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापा, एन्फा भक्तपुरका गौतम सुजखुले पनि जिल्लामा खेल विकासका लागि भईरहेको गतिविधिहरुको चर्चा गर्दै भक्तपुर कपले फुटवल खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । टिमका अध्यक्ष केशव त्वायनाबासुको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा टिमका सचिव रामेश्वर मचामसी, सदस्य सुरेश कवां, महानगरीय प्रहरी परिसर जगातीका डिएसपी राजकुमार श्रेष्ठले पनि बोल्नु भएको थियो । कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्षको पनि सहभागिता थियो ।














