वायु प्रदूषण व्यवस्थापनबारे उपत्यकाका स्थानीय सरकारका प्रमुख÷उपप्रमुखहरुबीच अनलाइन गोष्ठी
भक्तपुर । २०७७ मंसिर ४ गते, बिहीबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संगठन, नेपाल नगरपालिका संघ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रमुख÷उपप्रमुखहरुसँग अनलाइन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा उद्योग विकास निर्माण लगायतका कार्यबाट वातावरण प्रदूषण भइरहेको बताउनुहुँदै नेपाल सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्र काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्ने रहे पनि सोको कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारले बनाएका निर्णय राम्रोसँग कार्यान्वयन नभएसम्म नेपालमा वातावरण प्रदूषण नियन्त्रण सम्भव नभएको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुँवा, ध्वनी र धुलो प्रदूषण गर्ने उद्योगहरुले वरपर बसोबास गर्ने नागरिकहरुको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुँदा स्थानीय जनताको मागअनुरुप धुँवा, धुलो र ध्वनी प्रदूषण गर्ने उद्योगहरु स्थानान्तरणको निम्ति मन्त्रालयसमक्ष आवश्यक पहल भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले उपत्यकालाई सफा, सुन्दर र सांस्कृतिक सम्पदाहरु संरक्षित क्षेत्रको रुपमा विकास गर्न उपत्यकाका सबै नगरपालिकाहरुले आ–आफ्नो विशेषताअनुसार योजना बनाइ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन वातावरण प्रदूषण नियन्त्रणतर्फ संघ, प्रदेश र स्थानीय तहले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
राजनैतिक पहुँचको आधारमा ठेक्का दिने प्रवृत्तिका कारण नगरकोट सडकमा पीच हुन नसकेको भन्दै उहाँले सडक फराकिलो पार्ने क्रममा भक्तपुरदेखि साँगाको सडक छेउका रुखहरु काटिँदा बस्तीहरु उजाड देखिएको बताउनुभयो ।
विश्वभरि फैलिरहेको कोभिड १९ र वायु प्रदूषणबीच सम्बन्ध रहेको बताउनुहुँदै उहाँले वायु प्रदूषण बढी भएको ठाउँमा बस्नेहरुमा कोभिड १९ को संक्रमण पनि बढी हुने गरेको र कोभिड १९ का कारण मृत्युसमेत हुने सम्भावना बढी रहेको बताउनुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नपाका प्रमुख अशोककुमार ब्यान्जुले भक्तपुरमा फोहरको उचित व्यवस्थापन भएकै कारण भक्तपुर नगरपालिका ‘सफा सहर’ ९ऋभिबल ऋष्तथ० को रुपमा विकास भइरहेको र उपत्यकामा स्वच्छ सहरको अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहँदा नागरिकहरुको स्वास्थ्यमा नकारात्मक असर पुगेको बताउनुहुँदै अध्यक्ष ब्यान्जुले वायु प्रदूषण न्युनीकरण र नियन्त्रणमा काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको भूमिका महत्वपूर्ण भएको र उपत्यकालाई सरसफाइको उत्कृष्ट सहर बनाउन योजना बनाउनुपर्ने बताउनुभयो ।
काठमाडौं उपत्यकाका नगरपालिकाहरुले फोहर मैला व्यवस्थापनको एकीकृत योजना सञ्चालन आवश्यक भएको बताउनुहुँदै उहाँले उपत्यकाका नदीहरुको सफाइ अभियान सञ्चालन र वायु प्रदूषण व्यवस्थित गर्ने योजनाहरु आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा.डा. जागेश्वर गौतमले वायु प्रदूषणका कारण विश्वभर करिब ६० लाख मानिसहरुको मृत्यु हुने गरेको र विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ७ हजार जनाको मृत्यु भएको बताउनुभयो ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी रहेको बताउनुहुँदै डा. गौतमले सवारीसाधनबाट हुने उत्सर्जन, विकास निर्माणका गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभटाबाट हुने प्रदूषण, जथाभावी फोहोर फाल्ने तथा बाल्ने लगायतका कार्यहरु काठमाडौंमा वायु प्रदूषण हुनुको प्रमुख कारणहरु रहेको बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले उपत्यकाको वायु प्रदूषण नियन्त्रणको लागि विकास निर्माणका योजना सञ्चालन वातावरण मैत्री हुनुपर्ने, फोहर व्यवस्थापन व्यवस्थित गर्नुपर्ने, नयाँ बन्ने घरहरुमा अनिवार्य शिल्ड सेप्टी ट्यांक निर्माण गर्नुपर्नेलगायतका योजनाहरु आवश्यक भएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाकी उपप्रमुख वीणा बास्तोलाले भक्तपुरमा सञ्चालित इँटाभट्टाले अत्यधिक वायु प्रदूषण हुँदा जनताको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको बताउनुहुँदै नगरपालिकाभित्र इँटाभट्टा सञ्चालन स्वीकृतिमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
नेपालका लागि विश्व स्वास्थ्य संगठन कार्यालय जनस्वास्थ्य प्रशासक डा. खुर्शि आलम हैदरले वायु प्रदूषण विश्वकै लागि चुनौती बनिरहेको बताउनुहुँदै वायु प्रदूषण नियन्त्रणको लागि एकीकृत योजनाको खाँचो रहेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो — ‘काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूष्णका कारण यहा“का नागरिकहरुमा स्वास्थ्य समस्या बढिरहेको छ । वायु प्रदूषणले नागरिकहरुमा नसर्ने रोगको जोखिम बढाइरहेको भन्दै उहाँले विश्व स्वास्थ्य संगठनले नेपालको वायु प्रदूषण नियन्त्रणमा खेलिरहेको भूमिकाबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा स्वच्छ ऊर्जा नेपालका तर्फबाट प्रा.डा. सन्जयनाथ खनालले ‘काठमाडौं उपत्यकाको वायु प्रदूषणको वर्तमान अवस्था’बारे र वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले ‘वायु प्रदूषण नियन्त्रणमा स्थानीय सरकारहरुको भूमिका’ बारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले वायु प्रदूषण नियन्त्रणको लागि सडकहरु कालोपात्रे गर्ने, सडकको दाँयाबायाँ हरियाली प्रवद्र्धन गर्ने, काठमाडौं महानपामा साइकल लेन सुचारु गर्ने योजनाहरु रहेको बताउनुभयो ।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौला र स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले पनि बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













